स्वयंसेवक मार्फत संक्रमितको घर घरमा सेनिटाइजर छर्कदै बेलबारी नगरपालिका

  • २५ जेष्ठ २०७८, मंगलवार

मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् ।

नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन, पिपिई पन्जा, मास्क तथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिका कार्यालयले जनाएको छ ।