मेयरले जवरजस्ती बजेट पास गराएको भन्दै धनकुटाका ५ वडाध्यक्षहरु आन्दोलित
- ८ असार २०७८, मंगलवार
धनकुटा नरपालिकाका पाँच जना वडाध्यक्षहरुले मेयर चिन्तन तामाङ्गले संघियताको भावना र मर्म विपरित गई अलोकतान्त्रिक ढंगले जवरजस्ती पालिकाकाको बैठकबाट बजेट पास गरेको भन्दै बैठक वहिस्कार गरी आन्दोलनमा उत्रिएका छन ।
धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ८ का वडध्यक्ष सुमन राई र वडा नं. ९ का वडाध्यक्ष अध्यक्ष मनोज रायमाझीले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको बैठकबाट जवरजस्ती अधिनायकबादी शैलीमा आर्थिक बर्ष २०७८।०७९ को बजेट पारित गर्ने निर्णयको विरोध गर्दै बैठक वहिस्कार गरेका हुन् । उनीहरूले परिषद अगाडीको बैठकबाट बजेट संशोधन गर्ने निर्णय नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बैठकमा बोलाएर निर्वाचित वडाध्यक्षहरुको कुनै कुरा नै नसुनी संघियताको भावना र जन भावना विपरित वडाहरुमा जाने बजेटमा व्यापक कटैती गरी वितरण मुखी शैलीमा बजेट प्रस्तुत गर्नका लागि अलोकतान्त्रिक ढंगबाट जवरजस्ती बजेट पास गरेकाले जनता समक्ष जानु परेको धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले वताए ।
धनकुटा नगरपालिकाको बैठकबाट हामीले विरोध गर्दा गर्दै बजेट पास गरेकोले आफुहरुले गंभिर ध्यानर्कषण गराएको वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले वताए ।
विगत बर्षहरुमा पनि वडाहरुबाट नगर स्तरीय योजनाका लागि योजना छनौवट गरेर धनकुटा नगरपालिकामा सिफारिस गरेर पठाउँदा राजनैतिक प्रतिरोध राखेर जनताको भावना विपरित गएर निर्वाचित संस्था वडाहरुको बेवास्ता गर्ने गरेको धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राईको आरोप छ ।
धनकुटा नगरपालिका वडा नं. ९ का अध्यक्ष मनोज रायमाझीले धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले पालिकाबाट केन्द्रिकृत र एकलौटी किसिमबाट पास गरेको बजेट सशोधन नगरेमा जनताका साथ दिएर सशक्त आन्दोलन गर्ने बताए ।
नगरपालिका पाँच जना वडाध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्षहरुको र वडाका जनताको भावना र चाहना विपरित जवरवस्ती ढंगले मेयर चिन्तन तामाङले पालिकाबाट बजेट पास गरेकोले संशोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।