बेलबारी, सुन्दरहरैंचा, लेटाङ र केराबारीले सार्वजनिक गरे बजेट, के के छन् खास ?
- ११ असार २०७८, शुक्रबार
मोरङको बेलबारी, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्बजनिक गरेका छन् ।
बेलबारी नगरपालिकाले २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौं नगरसभामा बिहीबार उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरेको बजेट चालु आ.व. को बजेट संशोधित बजेटको तुलनामा २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशत बढीको छ ।
बजेटमा आगामी आर्थिक वर्ष २०७८/ ७९ मा कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ । संघिय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रम मार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
प्रस्तावित बजेटमा प्रशासनिक खर्च र चालु कार्यक्रमका लागि ८७ करोड ६ लाख ९० हजार र पूँजिगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ । सामाजिक विकास कार्यक्रमतर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रम तर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रम तर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यबस्थापन तर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।
बजेटमा प्रज्ञा प्रतिष्ठान गठन, खुल्ला ब्यायमशाला, नगर कोभिड अस्पताल, सर्पदंश उपचार केन्द्र, ज्योति केन्द्र, दन्त उपहार कार्यक्रम, बिपन्नलाई छानो कार्यक्रम, पन्ध्र शैयाको अस्पताल, आधुनिक कोल्ड स्टोर, फोहर प्रशोधन केन्द्र स्थापना लगायतका कार्यक्रम अघि सारिएको छ ।
चालु आ.व. २०७७/०७८ को जेष्ठ मसान्तसम्म चालु तर्फ ६७ प्रतिशत र पूँजिगत तर्फ ३४ प्रतिशत गरी कुल बजेटको ५२ प्रतिशत खर्च भएको उपमेयर पराजुलीले बताइन् ।
सुन्दरहरैचाले ल्यायो २ अर्ब १५ करोड बजेट सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सयको बजेट सार्वजनिक गरेको छ ।
जेसिज भवनमा आयोजित नगरसभामा उपमेयर धनमाया तामाङले बुधबार आगामी आ.ब.को लागि सो बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा प्रस्तुत योजना तथा कार्यक्रमहरुमा नगरका सबै वडामा सडक बत्ति जडान गर्ने, चारवटा सुबिधा सम्पन्न सबदाह स्थल निर्माण गर्ने, कोल्ड स्टोर निर्माण गर्ने, विश्वकै अग्लो गाईको प्रतिमालाई निरन्तरता दिने, सुकुना क्याम्पसमा एमफिल सन्चालन गर्ने, कर प्रणालीलाई इपेमेन्टमा लगिने, सलकपुरमा नगरपालिकाको सुविधासम्पन्न भवन निर्माण गर्ने, कक्षा ११ मा निशुल्क भर्नाको ब्यबस्था मिलाउने, ९० बर्ष माथिका जेष्ठ नागरिकलाई एक हजार भत्ता उपलब्ध गराउने, इन्दुपुर खेलमैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने, एक कृषक एक अनुदानको कार्यक्रम गरिने लगायतका रहेका छन । लनगरपालिकाले सन्चारकर्मीहरुलाई पाँच लाख बराबरको दुर्घटना बिमा समेत गर्ने भएको छ ।
आर्थिक बर्ष २०७८/०७९को बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने तामाङले बताइन् ।
सो बजेटमध्ये आन्तरिक स्रोत १६ करोड, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २२ करोड ९५ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुुमान गरिएको छ । संघीय तथा प्रदेश सरकारको राजश्व बाँडफाँड एवम् रजिष्ट्रेसन रोयल्टीबाट २२ करोड ४० लाख ७५ हजार ५ सय ७०, संघीय सरकारको सशर्त अनुदानबाट ३९ करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकार र प्रदेश सरकारको समपुरक अनुदानबाट ३ करोड ६८ लाख, लागत सहभागिताबाट १ करोड र अन्तर–सरकारी अख्तियारीबाट ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ । अन्य अनुदानबाट ५ करोड ५ लाख तथा शहरी शासकीय सुधार कार्यक्रम वल्र्ड बैकबाट ७२ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरी बजेट प्रस्तुत गरिएको छ ।
केराबारी गाउँपालिकाको बजेट ८० करोड ८९ लाख
केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ८० करोड ८९ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
विहिबार गाउँपालिकाको आठौ गाउँसभामा उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलले सो रकम बराबरको बजेट अनुमान पेस गरेकी हुन । कुल बजेट मध्ये ८ करोड ५० लाख चालु खर्च र ४२ करोड ४७ लाख पुँजीगत तर्फ खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले आफ्नो बजेटमा स्वास्थ्य, कृषि लगायतमा प्राथमिकता दिएको छ । गाउँपालिकाले सर्पदंश उपचार सेवा सुरु गरिने, पालिका भित्रका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको दायरामा ल्याइने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
किसान परिचयपत्रको व्यवस्था गरी सोही आधारमा अनुदान लगायतको सुविधा प्रदान गरिने भएको छ । त्यस्तै विभिन्न आवश्यक स्थानमा अस्थाई प्रहरी चौकीहरुको स्थापना गरिने, घरघरमा विद्युतसेवा पुर्याउन विद्युत विस्तार लगायत कार्यक्रमहरुलाई पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
लेटाङ नगरपालिकाको बजेट ९० करोड
लेटाङ नगरपालिकाको नवौ नगरसभाले आर्थिक बर्ष २०७८/०७९ को लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट ल्याएको छ ।
बिहीबार भएको नगरसभामा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट पेश गरेकी थिइन् । बजेटमा पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक विकास तर्फ २८ करोड ४३ लाख १२ हजार रुपैया विनियोजन भएको छ । आर्थिक विकासमा २ करोड ८९ लाख ९५ हजार र कार्यालय संचालन तथा प्रसासनीक खर्चमा १० करोड ९६ लाख गरि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट प्रस्तुत भएको हो ।
कुल बजेटको चालु तर्फ ४६।४ प्रतिशत र पुजीँ तर्फ ५३।६ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको बजेट ७७ करोड ७६ लाख ३२ हजार ८ सय १८ रुपैया भन्दा ७८÷८९ को बजेट १३ करोड १८ लाख ९४ हजार १ सय ८२ अर्थात १६।९८ प्रतिशतले बढि हो ।
प्रस्तावित बजेट पुर्तीका लागि संघिय सरकार वाट प्राप्त समानिकरण अनुदान श्ररु १२ करोड ५० लाख, राजश्व वाडफाँडवाट ९ करोड ८५ लाख ६३ हजार ४ सय ८० रुपैया ,सशर्त २० करोड ९३ लाख , संघीय सरकार समपुरक अनुदान १ करोड १५ लाख , संघीय सरकार विशेष अनुदान १ करोड ९९ लाख , संघीय सरकार अन्य अनुदान ५० लाख रहेको उल्लेख गरिएको छ । त्यस्तै प्रदेश सरकार वाट समपुर अनुदान १ करोड, समानिकरण अनुदान ७२ लाख ११ हजार, सशर्त अनुदान १ करोड ५० हजार, जिल्ला समन्वय समिति वाट ५८ लाख ४३ हजार, आन्तरिक राजश्व वाट प्राप्त हुने १९ करोड ७१ लाख २ हजार ५ सय २० रुपैया र गत वर्षको अनुमानित नगद मौज्दात २० करोड , नगद सहभागिता १ करोड ५० लाख रहने बजेटमा उल्लेख गरिएको छ ।