धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग
- २४ असार २०७८, बिहीबार
धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ ।
पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव समुहको आन्दोलनले धनकुटा तातेको छ । गठबन्धनले दुई दिन अघि धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरेपछि प्रहरीको घेरा तोड्दै जिल्ला प्रशासन कार्यालय धनकुटा घेराउ गरी कोण सभा गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनकुटाको घेराउ गर्ने क्रममा पहरीको घेरा तोड्नेक्रममा प्रहरीले बल प्रयोग गर्दा केही नेता तथा कार्यर्ताहरु घाइते भएको गठबन्धनले जनाएको छ ।
विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नुपर्ने आदि मागहरु तत्काल पुरा नगरे धनकुटा जिल्लाभरी सशक्त आन्दोलन गर्ने विपक्षी गठबन्धनका नेताहरुले प्रशासनलाई चेतावनी दिएका छन ।
त्यसैगरी विपक्षी चार गठबन्धनले नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ गरी विरोध सभा गरेका छन ।
धनकुटाको पाख्रिवास बजारबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहको आयोजनामा नारा जुलुसले पाख्रिवास बजारको विभिन्न भागहरुको परिक्रमा गरी पाख्रिवास नगरपालिका कार्यालय घेराउ गरेका थिए ।
विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनुपर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नुपर्ने लगायतका मागहरु राख्दै धनकुटाका चार विपक्षी गठबन्धन सशक्त आन्दोलनमा दैनिक रुपमा उत्रिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।
नवगठित तरुण डिफेन्स फोर्सद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन
नेपाल तरुण दल धनकुटाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।
तरुण डिफेन्स फोर्स धनकुटा नगरले धनकुटा बजारमा तरुण मार्च पास गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा गई धनकुटा जिल्लामा ओली पक्षिय जनप्रतिनिधिहरुबाट भैरहेको ज्यादती र संघियता विपरित कार्यको विरुद्ध प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र पठाएको हो ।
नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई,तरुण दलका पूर्व सचिव तथा पूर्व नगर अध्यक्ष विजय सन्तोषी राई,क्षेत्रिय अध्यक्ष तिलक महत,नगर अध्यक्ष नरेश श्रेष्ठ,तरुण डिफेन्स फोर्स धनकुटा नगरका अध्यक्ष रत्नेश राईले धनकुटाका प्रमुख जिल्ला अधिकारी पन्तलाई ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्री समक्ष पठाई दिन आग्रह गरेको थियो ।
ज्ञापन पत्रमा विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनुपर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नुपर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने ,धनकुटा जिल्लाका सात वटा पालिकाहरुमा जनप्रतिनिधिहरु गरेको भष्टचारको छानबिन गर्नु पर्ने लगायतका विभिन्न मागहरु छन् ।
नेपाल तरुण दल धनकुटा नगर कार्य समितिका अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षमा बिहीबार भएको तरुण भेलाले रत्नेश राईको संयोजकत्वमा १ सय ५१ जना धनकुटा नगर तरुण डिफेन्स फोर्स गठन गरेको छ ।