बेलबारीमा हजारभन्दा बढी पुगे कोरोना संक्रमित, तीन दर्जनले गुमाए ज्यान

  • १८ श्रावण २०७८, सोमबार

बेलबारी नगरपालिकामा दोस्रो चरणको कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएको छ भने १ हजार ५० बढीलाई कोरोना संक्रमण देखिएको छ ।

वैशाख महिनायता हालसम्म २ हजार ५ सय ५८ जनामा पिसिआर र ३ सय ५० जनाको एन्टिजोन परिक्षण गरिएकोमा सो संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए ।

हालसम्म ४ सय ८५ जना निको भएका छन भने ५ सय ६८ जना सक्रिय संक्रमित छन । साउन महिनामा मात्र ७ सय ५९ जनामा परिक्षण गरिएकोमा ३ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
संक्रमितमध्ये बेलबारी १ मा १ सय ८९ जना,२ मा १ सय ५२ जना,३ मा १ सय ६९ जना,४ मा ९४ जना,५ मा ३४ जना,६ मा २९ जना ७ मा १८ जना,८ मा ३५ जना,९ मा ३९ जना,१० मा ३६ जना र बेलबारी ११ मा १ सय ४० जना संक्रमित छन । अन्यत्र परिक्षण गरेका १ सय १८ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरपालिकाको तथ्यांक अनुसार वडा नम्बर १ र ११ सबैभन्दा बढी कोरोनाको जोखिममा रहेको छ । बेलबारी ११ मा सबैभन्दा बढी ६ जना ,बेलबारी ३ मा ४ जना, बेलबारी ९ मा ३ जना र अन्य वडामा गरी हालसम्म २६ जनाले ज्यान गुमाईसकेको स्वास्थ्य शाखा प्रमुख विश्वकर्माले जानकारी दिए । बेलबारीमा साताको ३ दिन आईतबार, मंगलबार र बिहिबार पिसिआर परिक्षण हुँदै आएको छ ।