वेलहरामा एयरपोर्ट र सबै पालिकामा अस्पताल बनाउन धनकुटेलीहरुको माग

  • २० श्रावण २०७८, बुधबार

सत्तापक्षिय गठबन्धन दलहरुको बैठकले धनकुटाको वेलहारामा एयर पोर्ट निर्माण शुरु गर्न र धनकुटा जिल्लाका सवै पालिकाहरुमा १५ वेड सम्मको अस्पताल निर्माण गरी चिकित्सक सहितको सेवा शुरु गर्न एवम् धनकुटामा भएको यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुका लागी सेवा उपलब्ध गराउनका लागि नेपाल सरकारसँग विशेष पहल गर्ने निर्णय भएको छ ।

बैठकले धनकुटाका सवै जनतालाई खोरोना विरुद्धको खोप  दिन र धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई बिशेषज्ञ सेवा  प्रदान गर्नका लागी सरकारसँग बिशेष पहल गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।.

बैठकले धनकुटामा स्थानीय तहहरुले गरिरहेको अनियमितता तथा जनविरोधी कार्यको भण्डारफोर गर्ने र धनकुटा जिल्ला स्थित सरकारी कार्यालयबाट भैरहेको सेवा प्रवाहमा सहजीकरण र अनुगमन गर्ने लगायत विभिन्न निर्णयहरु गरेको  नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठको अध्यक्षतमा भएको सत्तापक्षिय गठबन्धनको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय आमिन्त्रत सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई, नेकपा एमाले माधव पक्षीय  नेता राज कुमार तेयुङ्ग, राष्टिय जनमोर्चा धनकुटाका अध्यक्ष कोपिला शंकर, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, जसपा धनकुटाका नेता नारायण जुन राई लगायतका नेताहरुले सरकारी कार्यालय तथा सवै सरकारी संयन्त्रहरुले जनताले देखिने र थाहा पाउने किसिमका काम हुन नसकेको बताए ।