बेलबारीमा फेरि थपियो एक हप्ते लकडाउन

  • २४ श्रावण २०७८, आईतवार

बेलबारी नगरपालिकाले निषेधाज्ञा (लकडाउन) एक हप्ता थ्क्प गर्ने निर्णय गरेको छ ।

कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनलाई एक हप्ता थप्ने निर्णय गरेको हो । १९ गते देखि २५ गतेसम्म गरिएको लकडाउनलाई साउन ३२ गतेसम्म थपिएको छ । ।

लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण पसल, उद्योग तथा कलरकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द हुनेछन्  । लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ ।

बेलबारीमा सक्रिय सक्रमितको सख्या ६ सय७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार पिसिआर परिक्षण गरीएका मध्ये ४८ प्रतिशतमा सक्रमण देखिने गरेको छ ।लकडाउन पछि भने केहि सक्रमण घटेको विश्वकर्माले बताए ।