कांग्रेस बेलबारीको सभापतिमा छत्र लिम्बु निर्वाचित, मिश्रित आयो परिणाम
- १७ आश्विन २०७८, आईतवार
नेपाली कांग्रेस बेलबारीको शनिबार सम्पन्न नगर अधिबेशनबाट छत्र लिम्बु सभापति निर्वाचित भएका छन् ।
सभापतिका प्रत्यासी देउवा पक्षीय निवर्तमान सभापति शम्भु भट्टराईलाई ४२ मतले पछि पार्दै शेेेखकोइराला पक्षधर लिम्बु सभापतिमा निर्वाचित भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरे भने भट्टराईले ९४ मत प्राप्त गरेका थिए ।
चुनावी प्रतिष्पर्धामा बिजयी भएका लिम्बु लिम्बु नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ३ का सभापति पनि हुन् ।
सभापतिमा कोइराला पक्षधर लिम्बु निर्वाचित भएपनि अन्य पदहरुमा भने मिश्रित परिणाम आएको छ । उपसभापतिमा पौडेल पक्षधर नितु थापा कोइराला र देउवा पक्षीय उपेन्द्र सुवेदी निर्वाचित भएका छन् । नितु १ सय ५३ र उपेन्द्र १ सय २१ मत प्राप्त गरी बिजयी भएका छन् ।
यस्तै सचिवमा पनि कोइराला पक्षीय सन्तोस भट्टराई र देउवा पक्षीय जनक पोखरेल बिजयी भएका छन् । भट्टराई १ सय २६ मत र पोख्रेल १ सय १६ मत ल्याएर बिजयी सहित विजयी हुन् ।
सह- सचिवमा देउवा पक्षीय समुहका विशाल ढकाल १ सय २९ मत सहित विजयी भएका छन् भने कोइराला समर्थक बद्री विष्ट १ सय १४ मत सहित विजयी भए । नगर सदस्यहरु भने शुक्रबार नै सर्बसम्मत चयन भईसकेका छन ।
उप सभापतिमा नितुले पाइन् सर्बाधिक भोट
नेपाली कांग्रेस बेलबारीको नगरअधिबेशनमा उप सभापतिकी उम्मेदवार नितु थापाले सर्बाधिक भोट प्राप्त गरेकी छिन ।
शनिबार भएको निर्वाचनमा सम्पुर्ण उम्मेद्वार मध्यै सबैभन्दा बढि १ सय ५३ मत प्राप्त गरेकी हुन् । उपसभापति निर्वाचित भएकी नितुले प्राप्त गरेको मत सभापति निर्वाचित छत्र लिम्बुको भन्दा १७ मतले बढि हो ।