नेकपा एकीकृत समाजवादीको १ सय ७५ सुनसरी जिल्ला कमिटी गठन
- २८ आश्विन २०७८, बिहीबार
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १ सय ७५ सुनसरी जिल्ला कमिटी गठन भएको छ ।
स्वच्छ छवी भएका पुराना वामपन्थी नेता गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी र उपसचिव राजेश भण्डारी रहेका छन।
नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सिनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरी कुल १ सय ७५ सदस्य कमिटी गठन गरिएको र कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको बताए ।
विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरि आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरि नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातीक सहभागीता सुनिश्चीत गरिएको तिम्सिनाले दावी गरेका छन् ।
कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, केन्द्रीय सदस्य देवराज कार्की, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आनन्द श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागिता थियो ।
नेकपा एसको भेलामा अधिकाशं एमालेमा रहेर स्थानिय निकायमा निर्वाचित भएका पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, प्रदेश, जिल्ला, गाउँ नगरका पदाधिकारी तथा सदस्य नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागीता थियो ।
कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलम सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन् ।