बाढीले श्रीमानको ज्यान गएको खबर पाउनेबित्तिकै धनकुटामा श्रीमतीको पनि मृत्यु, एकैसाथ अन्त्येष्टि

  • ४ कार्तिक २०७८, बिहीबार

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेका कांग्रेस सभापती झगेन्द्र राईको बाढीले बगाएर मृत्यु भएको छ । उनको मृत्युको खबर पाउने बित्तिकै उनकी श्रीमतीको पनि हृदयघातका कारण ज्यान गएको छ ।

धनकुटाको आहालेबाट धरानतर्फ आउने क्रममा कार्तिक २ गते साँझदेखि बेपत्ता भएका राइको खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले वगाएको अबस्थामा लाश फेला परेको थियो ।धरानमा बसोबास गर्दै आएका राई दशै मनाउन गाउँ आएका थिए । सोही आउदै बीच बाटो मै कार्तिक २ गते बेपत्ता भए । नेपाली कांग्रेस वडा सभापति समेत रहेका उनि बेपत्ता भएको खबर सुनेपछि खोजतलासका लागि गएका साथिभाई र आफन्तहरुको भनाई अनुसार वेपत्ता भएको एकदिन पछि आहाले-धरान सडक खण्ड अन्र्तगतको बैरे खोलामा झगेन्द्रको शव फेला पर्यो ।

झगेन्द्र राई निधनको पिडा सहन नसकी बुधबार विहान उनका धर्मपत्नी अनु राईको समेत ह्दयघातबाट निधन भएको र श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं. १० बाट राई कांग्रेसको वडा सभापतीमा निर्वार्चित भएका थिए । २०३५ सालमा जन्मेका राइका झगेन्द्रको परिवारमा आमा, बुबा, एक छोरा र एक छोरी छन् ।

झगेन्द्र राई बेपत्ता भएको खवर प्राप्त हुनासाथ जिल्लाबाट नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,क्षेत्रीय सभापती जितेन्द्र राई, वडा नं. १ का सभापती भुपेन राई,वडा नं. ६ का सभापती सन्तोष राई,धनकुटा नगरपालिकावडा नं.६ का सभापती रुपेश श्रेष्ठ सहितको टोली खोजतलास गर्न गएको थियो । आफन्त जन र प्रहरीले खोजतलासको क्रममा भोलिपल्ट खोलाको किनारमा राईको लाश भेटेको थियो ।

राईको बिहीबार धरान स्थित वि वि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट मार्टम गरी धरानको हरीयाली जंगलमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरेपछि बिहीबार अन्त्यष्टि गरिएको हो ।

अन्त्येष्टिमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु पृती बान्तवा,हर्क चेम्जोग,चन्द्र श्रेष्ठ,जिल्ला सदस्य तथा सागुरीगढी गाउँपालिकाका सभापती नेपालधन राई, क्षेत्रिय सभापती जितेन्द्र राई, प्रजातन्त्रवादी प्रध्याक संघका केन्द्रिय उपाध्यक्ष जिवन राई,सागुरीगढी नेपाली कांग्रेस पालिका कार्य समितिका उपसभापती मणीराज राई, सचिव द्धय आईत लिम्बु,खगेन्द्र लिम्बु ,वडा सभापती सन्तोष राई लगायतले स्वर्गीय झगेन्द्र राईको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए ।

अन्त्येष्टि कार्यक्रममा कांग्रेस साँगुरीगढी गाउँपालिका निर्वतमान सभापती यम प्रकाश मगर, वडा नं. १ का सभापती भुपेन राई, वडा नं. २ का सभापती योगेन्द्र ईवा, वडा नं. ४ का सभापती पृती लिम्बु, वडा नं. ६ का सभापती सन्तोष राई, धनकुटा नगरपालिका वडा नं.६ का सभापती रुपेश श्रेष्ठ, धरान उपनगरपालिका वडा नं. ११ का नेपाली कांग्रेसका सभापती लोकेन्द्र फागो, उपसभापती वसन्त राई, नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज तामाङ, किशोर लिम्बु, तरुण डिफेन्स फोर्सका साँगुरीगढीका संयोजक दिपेन्द्र लिम्बु, साँगुरीगढी वडा नं. १० का वडा सदस्य हरीभक्त राई, नेपाली कांग्रेसका पूर्व वडा सभापती अमल राई, उमेश राई, खिनमाया महत, हस्त राई, वडा नं. ६ का वडा सदस्य सुन वहादुर राई लगायतका नेताहरुले वडा सभापती स्वर्गीय झगेन्द्र राईको पार्थिव शरिरमा फुलमाला लगाई दिई अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

झगेन्द्र र उनकी श्रीमती अनुको समेत निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।