हेलिकप्टर चढेर धनकुटाका बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री, राहत दिने आश्वासन

  • २० कार्तिक २०७८, शनिबार

कार्यवहाक प्रधान मन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले धनकुटाका बाढी प्रभावित क्षेत्रको स्थगत निरिक्षण गरेका छन् ।

गृह मन्त्री खाँड,पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा सहितको टोली हेलिकप्टर चढेर झन्डै एक महिनाअघि आएको बाढी पहिरोबाट प्रभावित क्षेत्र धनकुटाको चौविसे गाउ पालिकाको वडा नं. १ बुधवारे पुगेका हुन् ।

बाढी पहिरोबाट धनकुटाको चौविसे गाउपालिाका वडा नं. १ छनम्वर बुधवारेमा ८ जनाको पुरिएर मृत्यु भएको थियो ।

प्रदेश नम्वर १ को बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्ने क्रममा मन्त्रीसहितको टोली बुधबारे पुग्दा चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,उपाध्यक्ष यज्ञ कुमारी रुचाल,नेपाली कांग्रेस छनम्वर बुधवारेका सभापती आनन्द श्रेष्ठ,नेपाल तरुण दल धनकुटाका जिल्ला सदस्य सपन श्रेष्ठ, छनम्वर बुधवारेका तरुण अध्यक्ष गणेश श्रेष्ठ लगायत पनि उपस्थित भएका थिए ।

गृहमन्त्री खाडले सरकारले बाढी पहिरो पिडिहरुलाई राहत उलब्ध गराउदै गरेको र क्षतीको मूल्याकनको आधारमा थप राहत उपलब्ध गराउने वताएका थिए । सो अवसरमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त लगायत सुरक्षा निकार्यका प्रमुखहरुको समेत सभागिता थियो ।

बाढी पहिरोबाट धनकुटा जिल्लामा १० जनाको मृत्यु भएको थियोे । बाढी पहिरोका कारण सयौ घरहरु भत्कीएको,पशुपक्षीहरु बगाएर र पुरिएर मरेको तथा धान,कोदो लगायतका अन्न बाली क्षती हुदा अरवौँ रुपैया वरावरको नोक्सान भएको जिल्ला प्रसासन कार्यालय धनकुटाले जनाएको छ ।