विश्वासको मतपछि बेसहराहरुको आशिर्वाद लिएर मन्त्रालय पसे प्रदेश १ का सामाजिक विकास मन्त्री 

  • ३ मंसिर २०७८, शुक्रबार

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानवसेवा आश्रमको संरक्षणमा रहेका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश नं। १ को सामाजिक विकास मन्त्री रहेका जयराम यादवले लामो समयदेखि मानवसेवा गर्दै आएको मानवसेवा  आश्रममा भएका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालय गएका हुन् । कोविडको समयमा आफ्नो छोराको जन्मदिनको अवसरमा आश्रममा आएर सहयोग गरेका यादवले मानवसेवा आश्रमको विराटनगर – ५, बरगाछीमा निर्माण भइरहेको भवनको लागि एक कोठा बनाउन १ लाख ११ हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिसकेका छन् ।

मन्त्री यादवले आश्रममा आश्रित आमा बुवाहरुलाई आफ्नै हातले विहानको खाना खुवाएका थिए । उनले सामाजिक विकास मन्त्रालयको मन्त्रीको जिम्मेवारीमा रहँदासम्म भवननिर्माण र व्यवस्थापनका लागि हुनसक्ने सम्पूर्ण योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै मानवसेवा आश्रमको लागि प्रदेश सरकारको तर्फबाट निरन्तर योगदान भइरहेको र त्यसलाई बार्षिक बजेटमा राख्नका लागि आश्रमका अभिभावक साथै विराटनगर महानगरपालिका सामुदायिक विकास महाशाखाका प्रमुख पुनम दाहालले अनुरोध गरे ।                                     मानवसेवा आश्रमले विगत २ बर्षदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेवारिसे, असहाय व्यीक्तहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ । पारिवारिक मिलन हुन नसकेकाहरुलाई संरक्षण एवं पालनपोषण गर्दै आइरहेको छ ।