केराबारीमा पनि शुरुभो सर्पदंंश उपचार सेवा, लाभान्वित हुनेभए उत्तरी मोरङका बासिन्दा

  • ११ मंसिर २०७८, शनिबार

मोरङको केराबारी ६ याङशिलामा सर्पदंश उपचार सेवा शुरु भएको छ ।

केराबारी ६ स्थित कालीबक्स गण नजिकै नवनिर्मित कालोपानी सर्पदंश उपाचार केन्द्रमा उपचार सेवा शुरु भएको हो ।

केराबारी गाउँपालिकाको सहयोग तथा स्थानीय समुदाय, नागरिक र विभिन्न दाताहरुको सहयोगमा भवन निर्माण भएको हो । केराबारी गाउँपालिका वडा नं. ६ याङशिलामा पाँचकोठे भवन निर्माण गर्न स्थानीय नागरिक सहित विभिन्न दाताहरुबाट चन्दा समेत संकलन गरिएको थियो ।

अब सर्पदंश उपचार केन्द्रको भौतिक र प्राविधिक पक्ष कालिवक्स गण इन्जिनियरिङ विभागले हेर्नेछ भने केराबारी गाउँपालिकाले जनशक्ति तथा आवश्यक कर्मचारीको व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा गाउँपालिका प्रमुख रोहित वहादुर कार्की, प्रमुख प्रसासकीय अधिकृत
सुर्दशन दाहाल, गाउँपालिकाका प्रवक्ता जंगराज भूजेल लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि राजनीतिक दलका नेता कार्यकर्ता लगायत स्थानीय बासिन्दाको पनि उपस्थिती थियो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत इपिडियोमोलोजी तथा रोगमहाशाखा विभागबाट २०७८ जेष्ठ २८ बाट संञ्चालन गर्ने गरी स्वीकृत पत्र प्राप्त भएपनि कोभिड दोश्रो भेरियन्सका कारण सेवा संञ्चालनमा केही समय ढिला भएको स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चम्लागाईले वताए ।

नजिकै उपचार केन्द्र नभएका कारण सर्पको टोकाइबाट केराबारी गाउँ पालिका र आसपासमा बर्सेनि आधा दर्जनभन्दा बढी ब्यक्तिले ज्यान गुमाउँदै आएका छन् ।
सर्पदंश उपचार केन्द्र संञ्चालन भएसंगै केराबारी धरानको पानबारी सुन्दरहरैंचा नगरपालिका उत्तरी मोरङका बासिन्दाहरुले प्रत्यक्ष लाभ पाउने भएका छन् ।