कांग्रेसका सबैभन्दा कान्छा सभापति बने धनकुटाका दिनेश राई

  • १६ मंसिर २०७८, बिहीबार

पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट धनकुटाका दिनेश राई नेपालकै सवैभन्दा कम उमेरका कान्छा सभापति बनेका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका दिनेश राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापति हुदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पाटीका जिल्ला कोषाध्यक्षको जिम्मेवारी लिइरहेकोमा १४ औ महाधिवेशनमा ४० बर्षको उमेरमा नै सभापतीमा निर्वाचित भएका हुन ।

नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य रहेका कमोट फागुलाई ३४ मतको अन्तरले उपबिजेता बनाउदै ५ सय ४ मत प्राप्त गरी दिनेश धनकुटा जिल्ला सभापतीमा बिजेजा बने ।

पुस्ता परिवर्तन र रुपातन्रणको कांग्रेस भित्र व्यापक वहस भैरहेको अहिलेको अवस्थामा धनकुटा जिल्लाका सभापती दिनेश राई ७७ जिल्ला मध्ये सवैभन्दा कम उमेरको सभापती बनेपछी कांग्रेस भित्र पुस्ता परिर्वतन र रुपान्तरणको शुरु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए।

नेपाली कांग्रेस धनकुटाको १४ औ जिल्ला अधिवेशनबाट उपसभापतीद्धयमा सुनिल डंगोल,निर्मल ओझा,सचिव द्धयमा विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सहसचिव द्धयमा गिरिजा प्रसाद दाहाल,रोशन श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू धेरै ४५ बर्षका युवा छन् । यसैगरी प्रदेश सभा क्षेत्रिय सभापती क का जितेन्द्र राई र ख का राजन पौडेल पनि ४० बर्ष भन्दा कम उमेरका रहेका छन ।

धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट पुरै नया पस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभव,सल्लाह,आर्शिवाद लिएर यूवा शक्ति परिचालन गरी पाटीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला अध्यक्ष राइले बताए ।

पुराना र पाका नेताहरुले पद नछाडिरेहेको अवस्थामा प्रतिशपर्धाबाटै निर्वाचित भएपछि नेपाली कांग्रेस धनकुटाका निर्वाचित सभापति राई अहिले देशै भरी कान्छा सभापतीको रुपमा चर्चामा छन् । निर्वाचित राई कांग्रेस सभापति शेरबहादुर देउबा पक्षका हुन् ।