आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार

  • २५ मंसिर २०७८, शनिबार

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ ।

शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ।

सार्वजानिक तथ्याँकमा ३२ वटा घटना घरेलुहिँसामा महिला पीडीत भएका छन। यसैबर्ष ७ जना बालिका सहित २२ महिला बलत्कृत भएका छन। प्रतिवेदनमा जिल्लामा २ जनाको हत्या, १ जना प्रहरीबाट कुटपीट १ हत्या प्रयास भएका घट्ना प्रतिवेदन सार्वजनीक गरिएको छ ।

इन्सेक प्रतिनिधी इश्वर थापाका अनुसार जिल्लामा गत बर्ष ५ जनाको हत्या भएको थियो भने घरेलुहिँसा भने १० जनामात्र रहेको साथै १० जना बलकृत भएका थिए।
इन्सेकको विवरण अनुसार सन् २०२० मा भन्दा २०२१ मा धनकुटामा करिब ९७ प्रतिशतले मानब अधिकारका घटनामा बृद्धि भएको जनाएकोछ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमा जिल्ला प्रशासन कार्यलय धनकुटा, जिल्ला प्रहरी कार्यलय, गैसस महासंघ धनकुटा, नेपाल पत्रकार महासंघ, सशत्र प्रहरी बल छिन्ताग गुल्म र वन उपभोक्ता महासंघ का प्रतिनिधीहरु र स्थानिय पत्रकाहरुको सहभागिता रहेको थियो।