सुकुना माविको रजत महोत्सवमा १ हजार ४ सय विरामीले पाए निःशुल्क उपचार

  • १० पुष २०७८, शनिबार

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माविको रजत महोत्सवको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना माविको सहकार्यमा स्कुल परिषरमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका लागि आएका २१३ जनाको रक्त परीक्षण, १६७ जनाको मुटुको जाँच (इसीजी) र १६३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ६३ जनाको दाँत उखेलिएको छ ।

भब्य बन्यो स्वर्ण महोत्सव                               “प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित स्थापनाको ५० औं बर्ष पुगेको उपलक्ष्यमा सुकुना माध्यमिक बिद्यालयले पुस १ देखि एक हप्तासम्म स्वर्ण महोत्सव मनाएकाे हाे ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए ।

“प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित विद्यालयकाे स्वर्ण महोत्सव पुस ७ गते सम्म सञ्चालन गरिए पनि बर्षभरी विविध प्रकारका कार्यक्रम गर्ने समारोह मुल आयाेजक समितिले जनाएको छ ।

२०७६ सालको कक्षा १२ को परीक्षामा नेपालमै दोस्रो स्थानमा आउन सफल यस विद्यालयमा हाल बिद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राबिधिक बिषय अन्र्तगत सिभिल इञ्जिनियरिङ्ग, कक्षा ११ र १२ मा बिज्ञान, ब्यबस्थापन, कम्प्युटर बिज्ञान होटेल मेनेजमेन्ट, कानुन, पत्रकारिता,जस्ता विषयहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार विद्यार्थीलाई नेपाली र अंग्रेजी दुबै माध्यायममा पढाइ भईरहेको छ । साथै स्कुलमा  खुल्ला एसइइ, सुस्त श्रवण इञ्जिनियरिङ्ग कन्सल्टेन्सी लगायत कार्यक्रम संचालित छन् ।  हाल १ सय ३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत बिद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन् ।