होटलवाला नै बलात्कारी भएपछि ….

  • १२ माघ २०७८, बुधबार

मोरङमा एक महिलामाथि होटलवालासहित तिनजनाले क्रूर फिल्मी शैलीमा सामूहिक बलात्कार गरेका छन् ।

बेलबारी नगरपालिका–४ की ३० वर्षीया एक महिलामाथि छिमेकी नगरपालिकाको एउटा होटलमा सामूहिक बलात्कार भएको हो । सुन्दरहरैँचा नगरपालिका–४ स्थित इटहरीको ठ्याक्कै पारीपट्टी बलियामा रहेकोे श्रेष्ठ होटलको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले बताए ।

प्रहरीका अनुसार बेलबारी –४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछिया स्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछिया चोक पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बिर्सिइन् । दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनले प्रदेश २–०१–००१ च २२७ नम्बरका गाडी चालक रामबहादुर नेपालीलाई बाटो सोध्न पुगिन् । रामबहादुरले म पनि उतै जाने हो, बहिनीको घरसम्म पु¥याइन्छु भन्दै गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै श्रेष्ठ होटल एण्ड फेमिली लजमा पुर्याए । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भयो । दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, निजको भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने ड्राइभर रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गरेका थिए । अत्यधिक रक्तश्राव भएका कारण बलात्कार पीडित महिलाको अवस्था निक्कै गम्भीर छ ।

रातभर ब्लात्कृत भएपछि शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेपछि होटल सञ्चालक श्रेष्ठले पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेका थिए । बहिनीले दिदीलाई तुरुन्त अस्पताल नलगिए प्रहरीलाई खबर गर्ने चेतावनी दिएपछि होटलवाला महिलालाई अस्पताल लैजान तयार भए । अघिल्लो दिन जून गाडीमा हालेर अपहरण गरी होटल पुर्याइएको थियो, त्यही गाडीमा हालेर अस्पताल पुर्याइयो । त्यसपछि बलात्कारी अभियुक्तहरु पक्राउ परे । उनको कोशी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको प्रहरीले बताएको छ । शुक्रबार रातभर सम्पर्क विहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजेतिर बहिनीलाई फोन मार्फत घटना बारेमा जानकारी गराएकी थिइन् ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए ।

बलात्कारमा संलग्न होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २५ का सुरज श्रेष्ठ पक्राउ परेका छन् । उनीहरू इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अर्का झापा घर बताउने गाडी चालक रामबहादुर नेपाली गुमनाम छन ्।

आर्थिक अवस्था कमजोर भएकी दुई लालावालाकी आमा महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् । काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घर फर्कने क्रममा बहिनीको घर पुर्याइदिन्छु भन्दै रामबहादुरले गाडीमा राखेर होटलमा लगेका थिए ।

महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । श्रीमान २ महिनाअघि पहाड घर खोटाङ गएका थिए । दुई जना नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै बलात्कारमा संलग्न मनोज श्रेष्ठलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । बलात्कार पीडित महिलालाई अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुन श्रेष्ठलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो । रामबहादुरले महिलालाई जुन गाडीमा राखेर होटलसम्म पुर्याएका थिए, प्र. २–०१–००१ च २२७ नम्बरको त्यही गाडीमै राखेर अर्जुनले उपचार गर्न कोसी अस्पताल पुर्याएका थिए ।

बलात्कार गर्न खोज्दा प्रतिकार गरेपछि अर्जुनले हात छिराएर महिलाको यौनाङ्ग क्षतिविक्षत बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । प्रतिकार गर्न थालेपछि महिलालाई यातना र कुटपिट समेत भएको थियो।

प्रहरीले अर्जुनको होटलमा काम गर्ने एक युवतीलाई पनि नियन्त्रणमा लिएको छ । सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेकाले उनलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाका दोषीविरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।