राष्टिय सहिद घोषणा भएका धनकुटाका २९ जना योद्धाको सपना साकार पार्ने प्रतिबद्धता
- १७ माघ २०७८, सोमबार
राष्ट्रिय सहिद दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्धारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेताहरुले सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्वारा आयोजित कार्यक्रममा धनकुटामा २९ जना लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको क्रममा सहदत प्राप्त गर्ने योद्धाहरुलाई राष्टिय सहिद घोषणा गरेपनि उनीहरूको सपना पुरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला सचिवद्धय विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिव रोशन श्रेष्ठ,जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, क्षेत्रिय कार्य समिति प्रदेश सभा ख का सभापती राजन पौडेल, सदस्य विजय अधिकारी, सहिद भीम नारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना, नेपाल शिक्षक संघ प्रदेश कार्य समितिका उपाध्यक्ष गंगाराम ढुंगाना, पूर्व डि आई जी तथा समाजसेवी दिनेश आमात्य, नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, प्रदेश सभा क का उपसभापती मिलन खड्गी, प्रदेश सदस्य विजय अधिकारी, धनकुटा वडा नं. ६ का वडा सभापती रुपेश श्रेष्ठ, वडा नं. ५ का सभापती धन कुमार राई, उपसभापति गोविन्द्र राई, नगर कार्य समितिका सदस्यहरु मञ्जु आर्चाय, संगिता चापागाई, सरिन प्रधान, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शम्भु प्रधान, पूर्व जिल्ला कार्य समितिका सदस्य विष्णु पौडेल, दिनेश भण्डारी, पूर्व वडा सभापती कृष्ण श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि प्रकाश श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, हरेन्द्रलाल श्रेष्ठ, धिरेन्द्रलाल श्रेष्ठ, गणेश न्यौपाने, किरण मास्के लगायतले सहिद भीम नारायण श्रेष्ठको शालिकमा माल्यपर्ण गर्दै सहिदहरुले देखाएको बाटोबाट हिडेमात्र मुलुकले निकास पाउने भएकाले सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी सहिद दिवसको अवसर धनकुटाको बसर्पाक स्थित सहिद स्तम्भमा समेत माल्यर्पण गरी विभिन्न संस्थाहरुले सहिद दिवस मनाएको धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।
धनकुटामा २९ जना लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको क्रममा साहदत प्राप्त गर्ने योद्धाहरुलाई राष्टिय सहिद घोषणा गरिएको छ ।