लेटाङमा स्कुलबाट फर्कँदै गरेकी बालिकाको बलात्कारपछि हत्या

  • १४ फाल्गुन २०७८, शनिबार

मोरङको लेटाङमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ ।

लेटाङ ८ जाते बजारमा रहेको जाते मा.बि.मा अध्ययनरत ११ बर्षिय करुणा राईको बलात्कारपछि हत्या भएको हो । तीन दिन अघिदेखि बिद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी राईलाई शुक्रबार बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो ।

करुणाको हत्या आरोपमा प्रहरीले शुक्रबार लेटाङ ८ कै ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले गिरीलाई पक्राउ गरिएको पुष्टि गरे । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शब शुक्रबार विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र नाङ्गो अवस्थामा भेटिएको थियो ।
‘बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरी मात्र संलग्न देखिएक थप अनुसन्धान भइरहेको छ ।’

एक महिना अगाडी श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि करिब एक किलोमिटर दक्षिणमा पर्दछ ।

वालिकाको बलात्कार र हत्या भएको सार्वजनिक भएपछि अपराधीलाई कडा कारबाही गर्न माग गर्दै शुक्रबार विद्यार्थी र स्थानीयले लेटाङमा बिरोध प्रदर्शन गरेका छन् ।
नजिकै माथिल्लो कक्षा अध्ययन गर्ने बिद्यालय नहुँदा करुणा कक्षा ६ अध्ययनको लागि २ घण्टा पैदल गरेर जाँते आउँथिन् । स्थानिय स्तरमा माध्यमिक तहको बिद्यालय नहुँदा र टाढाको स्कुलमा पनि होस्टेलको ब्यबस्था नहुँदा करुणा मात्र होइन, उत्तरी मोरङका धेरै बालबालिकाहरु जोखिम मोलेर शहरसम्म आएर शिक्षा आर्जन गर्नुपर्ने बाध्यतामा रहेकोे लेटाङमा बसोबास गर्दै आएका सञ्चारकर्मी सुरेश अधिकारी बताउँछन् ।
लेटाङ प्रदेशसभा सदस्य तथा प्रदेश १ यातायात ब्यबस्था तथा सन्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे र सघिय सांसद घनश्याम खतिवडाको गृह नगर हो ।