२७ कराेडमा सलकपुरमा बन्नेभो सुन्दरहरैंचा नगरको नयाँ भवन, प्रधानमन्त्रीले गरे शिलान्यास
- ८ चैत्र २०७८, मंगलवार
मोरङको सलकपुरमा सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक समारोहबिच नगरपालिकाको नयाँ भवन शिलान्यास गरेका हुन् ।
सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका मिलेर बनेको सुन्दरहरैंचा नगरपालिकाको पहिलो नगरसभाले सलकपुरमा कार्यालय बनाउने निर्णर्यको थियो । सोही अनुसार सर्वपक्षीय सहमति र नगरसभाको निर्णय अनुसार सुन्दरहरैँचा ८ सलकपुरमा भवन बन्न लागेको हो हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ मंसिर २३ गतेको निर्णय अनुसार नेपाल सरकारको नाममा रहेको मोरङको साविक मृगौलिया गाउँ विकास समिति वडा नं. ९ कित्ता नं. १०६ को १२ बिघा ४ कठ्ठा १५ धुरमध्ये ४ बिघा ८ कठ्ठा जग्गा नगरपालिकाले प्राप्त गरिसकेको छ ।
साबिक इन्द्रपुर गाविसको कार्यालय रहेको स्थान वडा नम्बर १२ मा अहिले नगरपालिका कार्यालय रहेको छ । तर सो ठाउँ साँघुरो भएकाले भूगोलको हिसाबले पायक पर्ने र फराकिलो क्षेत्र सलकपुरमा प्रसासनिक भवन बन्न लागेको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।
नेपाल सरकारले उपलब्ध गराएकाे ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ कराेड लागतमा प्रशासनिक भवन निर्माण सुरु गर्न लागेको छ । निर्माण हुन लागेको प्रसाशनिक भवनमा सबै शाखाहरुको कार्यालय, दमकल, शव वाहन, एम्बुलेन्स पार्किङ क्षेत्र समेत रहनेछन् ।
नगरपालिकाको प्रसासनिक भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाले बिकास निर्माणमा धेरै प्रगति गरेको बताए । उनले गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममा खानेपानीमन्त्री उमाक्रान्त चौधरी, केन्द्रिय सह – महामन्त्रि भिम्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरु अमृत अर्याल, बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली,१ नम्बर प्रदेश उपसभपती रमेशजंग रायमाझी, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पुर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद भानुभक्त ढकाल लगायत प्रदेश सभासदहरु लगायतको पनि उपस्थिती थियो ।