सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

  • २८ चैत्र २०७८, सोमबार

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।

खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । तर आर्मीका गौतम श्रेष्ठले प्रहार गरेको प्रहार सगरमाथाका गोल किप्परले रोकेका थिए भने सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गएका कारण आर्मीले हार ब्यहोर्नुपर्यो ।

यता, सगरमाथाका लागि अशोक खवास, आशिष लामा, सत्यम शर्मा र मिलन राईले गोल गर्दा गोल किप्पर पिसोको प्रहार पोस्ट बाहिर गएको थियो । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार वितरण गरे ।
बिजेता सगरमाथा युथ क्लबले नगद सात लाख र ट्रफी हात पारेको छ भने उपबिजेता त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजारमा चित्त बुझाउनु परेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका विस्वास चौधरीले नगद दस हजार हात पारे । यस्तै, बेस्ट गोल्ड किप्पर सगरमाथाका पिसो, बेस्ट डिफेन्डर त्रिभुवन आर्मीका विकास खवास, बेस्ट मिल्ड फिल्टर आर्मीकै सन्तोष तामाङ, बेस्ट फरवार्ड सगरमाथाका आशिष लामा र बेस्ट कोच सगरमाथाका युबिन गुरुङ घोषित भए ।उनीहरूलाई नगद पन्ध्र हजारसहित ट्रफी हस्तान्तरण गरिएको थियो ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका टंक बस्नेत घोषित हुँदै यामाहाको स्कुटर हात पारे । यस्तै, हाइ स्कोरर मनाङ-मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूलाई नगद दस-दस हजार प्रदान गरियो । त्यस्तै उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित हुँदै ४० इन्चको एलइडी प्राप्त गरेका थिए ।