सुन्दरहरैंचाका नुतन श्रेष्ठले जिते मिस्टर नेपाल २०२२ को उपाधि

  • ६ बैशाख २०७९, मंगलवार

मिस्टर नेपाल २०२२ को उपाधि सुन्दर हरैंचाका नुतन श्रेष्ठले जितेका छन् ।

३५ जना प्रतिस्पर्धीहरुलाई उछिन्द २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै नुतनले पाँच लाख रुपैयाँ पाएका छन् । उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् ।

नुतनलाई  मिस्टर नेपालका पुर्व विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरे ।
प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलालीका २१ वर्षीय समिप साही थर्ड रनर्सअप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप बने ।

उनीहरुले क्रमशः पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार पाए । यस वर्ष मिष्टर नेपाल वल्र्ड २०२२ का लागि ३६ प्रतिस्पर्धीहरुले भाग लिएका थिए ।

कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट भए ।