अध्यक्ष, उपाध्यक्षसहित केराबारीका ६ वडामा एमालेको जित, कांग्रेस ३ र माओवादी एक वडामा बिजयी

  • ४ जेष्ठ २०७९, बुधबार

मोरङको केराबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित नेकपा एमालेले पाँचबटा वडाध्यक्ष जितेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पराजयको पिडा उल्ट्याउँदै एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अघिल्लो स्थानीय निर्वाचनमा पराजय भोगेका नवीन थापा मगरका छोरा सुमन मिरिङचिङ मगर १ हजार ४ सय २० मतको अन्तर सहित ७ हजार ८ सय १० भोट ल्याएर  गाउँपालिका अध्यक्ष बनेका छन् । उपाध्यक्षमा एमालेकै मनमाया मगर ७ हजार २ सय ६७ मतसहित बिजयी भएकी छिन् ।

नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३ सय ९० मत ल्याएका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसकी उमेद्धार शुभद्रा राइले ६हजार ४ सय २८ मत ल्याएर पराजित बनिन्  छिन् ।                                   गाउँपालिका अध्यक्षका उम्मेदवार नेकपा माओबादी केन्द्रका अध्यक्ष तिलक थापा मगरले २१२० मत ल्याए। एमालेबाट यसपटक अध्यक्ष, उपाध्यक्ष सहित ६ वडाध्यक्षसहित ३९ जना बिजयी भएका छन् । कांग्रेसले तीन वडाध्यक्ष र माओवादीले एक वडाध्यक्ष जितेको छ ।

केराबारीका विजयी वडाध्यक्षहरु 
वडा नं. १ शरण थापा मगर (एमाले)
वडा नं. २ प्रेम बहादुर लिम्बू (एमाले)
वडा नं.३ रामचन्द्र शाही (एमाले)
वडा न. ४ शिव प्रसाद तामाङ (कांग्रेस)                वडा नंं. ५ अजय लिम्बू (एमाले)
वडा नं.६ उपेन्द्र लुंगेली मगर (माओबादी)
वडा नं. ७ खगेन्द्र निरौला (एमाले)
वडा नं. ८ कमल कुमार बस्नेत (कांग्रेस)
वडा नं. ९ गोपाल राई, (कांग्रेस)
वडा नं. १० श्री पुर्ण बहादुर मगर (एमाले)