एउटाले मेयर र अर्कोले उपमेयर जितेपछि एमाले-कांग्रेसले बेलबारीमा मान्नै परेन बिस्मात
- ७ जेष्ठ २०७९, शनिबार
बेलबारी नगरपालिकाको मेयरमा एमालेका दिलप्रसाद (डीपी) राई र उपमेयरमा कांग्रेसकी नितु थापा (कोईराला ) निर्बाचत भएका छन ।
मेयरमा डिपी राई १६ हजार ४ सय २२ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार माओबादी केन्द्रका नगेन्द्र खडकाले २९३७ मत, राप्रपाका खेम गौतमले ४६० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार एकिकृत समाजवादीका भुपाल बस्नेतले २ सय १९, मंगोल नेशनलका भिम राईले २१० र श्याम नेपालीले १० मत प्राप्त गरे ।
उपमेयरमा नेपाली काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याउँदा एमालेकी तिलकुमारी गौतम (तिला न्यौपाने) ले १३ हजार ६ सय ५ मत ल्याईन् । माओबादी उमेदवारले ३७४२ मत ल्याउँदा राप्रपा उमेदवारले ५००, जनता समाजवादी पार्टीका उमेदवारले ४८९, स्वतन्त्र उमेदवार रुक्मिणी धिमालले २७०७ र एकिकृत समाजवादीका उमेदवारले १ सय ८९ मत प्राप्त गरेका छन ।
बेलबारीमा को को भए वडाध्यक्ष ?
बेलबारी १- मणि पुलामी मगर (कांग्रेस)
बेलबारी २ – कृष्ण गुरुङ (एमाले)
बेलबारी ३ – योगेन्द्र सुवेदी (एमाले)
बेलबारी ४ – चन्द्र लिम्बु (कांग्रेस)
बेलबारी ५ – डिल्ली कटुवाल (एमाले)
बेलबारी ६ – टेकबहादुर राई (कांग्रेस)
बेलबारी ७ – सुनिता चौधरी (एमाले)
बेलबारी ८ – धनपति गौतम (स्वतन्त्र)
बेलबारी ९ – शालिकराम बस्नेत (कांग्रेस)
बेलबारी १० – गंगा याख्खा (कांग्रेस)
बेलबारी ११ – बिक्रम बान्तवा राई (कांग्रेस)