धनकुटामा गठबन्धनले जितेका ४ पालिकासहित ३० वडामा घट्नेभो कर, नि:शुल्क स्वास्थ्य बिमाको योजना

  • १० जेष्ठ २०७९, मंगलवार

पाँच दलिय गठबन्धनको बैठकले धनकुटामा गठबन्धनले जितेका सातवटै पालिकाका ३० वटा वडामा कर घटाउनुका साथै व्यक्तिगत घट्ना दर्ता र स्वास्थ्य बिमा समेत नि:शुल्क गर्ने घोषणा गरेको छ ।

धनकुटा जिल्लामा गठबन्धनले जितेको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा पद वहालीसँगै विगतमा एमालेको स्थानीय सरकारले बढाएको कर घटाउने निर्णय गरिएको हो । गठबन्धनले जितेका पालिका र वडाहरुमा व्यक्तिगत घटना अन्तरगत जन्म, मृत्यु, विवाह दर्ता र नागरिकताको सिफारिस दस्तुर समेत नि:शुल्क गर्ने जनप्रतिनिधिले बताएका छन् ।

जिल्ला स्तरीय गठबन्धनको निर्णय बमोजिम पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई र छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र वहादुर सुब्बाले आ-आफ्ना पालिकामा कर घटाउने , निशुल्क स्वास्थ्य बिमा गरिदिने र ब्यक्तिगत घटना दर्ता नि:शुल्क गर्ने घोषणा गरेका हुन् ।
गठबन्धनले जितेका उक्त पालिकाहरुमा पद वहाली कार्यक्रममै एकल महिला, अति विपन्न, अपाङ्ग, अल्पसंख्यक र जेष्ठ नागरिकको स्वास्थ्य बिमा वापतको रकम वडाले व्यहोर्ने निर्णय भएको छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता खेवा गुरुङ्गले जानकारी दिइन् ।

कांग्रेस केन्द्रिय समितिको निर्देशन र धनकुटा जिल्ला कार्य समितिको पदाधिकारी बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको तर्फबाट धनकुटाको चार पालिकाका नव निर्वाचित प्रमुखहरुले जनताको पक्षमा यस्तो निर्णय गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।
धनकुटा जिल्लामा विगत एमालेको स्थानीय सरकारले कर चरम रुपमा बढाएर जनताको ढाड भाच्ने काम गरेकोलमा गठबन्धनले यस पटक जितेका पाख्रिवास, महालक्ष्मी, सागुरीगढी र छथरजोरपाटी गरी जम्मा चार पालिकामा करलाई बैज्ञानिक र व्यवहारिक बनाउन कर समायोजन गरी कर घटाउने घोषणा गरेपछि जनतालाई ठूलो राहत मिल्ने गठबन्धनका नेताहरुको दाबी छ ।

 

गठबन्धनले विजय प्राप्त गरेको धनकुटा नगरपालिका वडा नं. ३ र १० मा वडाध्यक्ष लगायत सदस्यहरुले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने लगायत व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नदिई निशुल्क गर्ने घोषणा गरेका छन ।
धनकुटा नगरपालिका वडा नं.३ मा गठबन्धनबाट विजय वडाध्यक्ष विकास घिमिरे, महिला सदस्य मञ्जु अधिकारी, दलित महिला सदस्य विष्णु रसाईली, खुल्ला सदस्यहरु शान्तिराम मिश्र र चक्र राईले पनि वडा कार्यालयमा पद वहाली गर्दै धनकुटा वडा नं. ३ लाई पर्यन हवको रुपमा विकास गर्ने र एकल महिला, अपाङ्ग, दलित, अल्पसख्य र अतिविपन्नलाई निशुल्क स्वास्थ्य बिमा वडाले गरिदिने घोषणा गरेको छ ।
व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नलिने र नागरिक्ता सिफारिस निशुल्क गर्ने र यूवाहरुलाई स्वरोगार बनाउन विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय पनि भएको छ ।
यसैगरी गठबन्धनले जितेको धनकुटा नगरपालिकाको वडा नं. १० मा पनि वडाध्यक्ष नगेन्द्र पाण्डे, महिला सदस्य बिमला राई, दलित महिला सदस्य चन्द्र कुमारी विक, खुल्ला सदस्यहरु सुरेश श्रेष्ठ, राजेन्द्र राईले वडा कार्यालयमा पद वहाली गर्दै वडा कार्यालय भाडामा वसिरहेकाले वडा कार्यालय निर्माण गर्ने र एक घर एक स्वरोजगार बनाउन विभिन्न अभियान संचालन गर्ने निर्णय गरेका छन् ।
त्यस वडामा पनि व्यक्तिगत घट्ना दर्ता अन्र्तगत विवाह, मृत्यु, जन्म दर्ता जरिवाना नदिई निशुल्क गर्ने, नागरिकता सिफारिस निशुल्क गर्ने र अति विपन्न अल्पसंख्यक, अपाङ्ग दलित, एकल महिलाको वडाले नै स्वास्थ्य बिमा गर्ने लगायतका लोकप्रिय निर्णय भएको छ । वडाका जनप्रतिनिधिहरुले हालको कर व्यवहारिक नभएको र बैज्ञानिक पनि नभएकोले कर समायोजन गरी कर घटाउन पलह गर्ने समेत निर्णय गरेका हुन् ।
धनकुटा नगरपालिका वडा नं. ३ र १० को वडाध्यक्षहरु र सदस्यहरुको पद वहाली कार्यक्रममा आयोजित समारोहमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले गठबन्धनबाट विजय भएका जनप्रतिनिधिहरुले एक बर्ष भित्र जनताले थाहा पाउने र अनुभव गर्ने किसिमका काम गर्ने वताए । राइले गठबन्धनले जितेका मेयरहरु मेयर साहेव होईन, मेयर साथी र पालिका अध्यक्ष तथा वडाध्यक्षहरु र सदस्यहरु अध्यक्ष तथा सदस्य ज्यूहरु होईन अध्यक्ष जिहरु अर्थात अध्यक्ष साथी बन्नु पर्ने र उहाहरुलाई सम्बोधन गर्दा अरु पनि ज्यू नभनी साथी भनेर सम्बोधन गर्न सवैमा अपिल गरे ।
उक्त कार्यक्रममहरुमा नेकपा माओवादी केन्द्रका भक्त मल्ल, जसपा धनकुटा नगर कार्य समितिका अध्यक्ष दिल कुमार राईले समेत बधाई ज्ञापन गर्दै जनताको शासक नभई साथी भएर काम गर्न आग्रह गरेका थिए ।

धनकुटा नगरपालिकाको १० वटा वडा मध्ये ५ वटा वडाहरुमा वडाध्यक्षहरु सहित सदस्य र वडा नं. १ मा एक महिला सदस्य गठबन्धनले जितेको छ ।               धनकुटाको पाख्रिवास नगरपालिकामा मेयरमा ज्ञान वहादुर गुरुङ सहित ५ जना वडाध्यक्ष, महालक्ष्मी नगरपालिकामा मेयर ध्रुवराज राया सहित ५ जना वडाध्यक्ष, साँगुरीगढी गाउपालिकामा अध्यक्ष जितेन्द्र राई सहित ४ जना वडाध्यक्षहरु र छथरजोरपाटी गाउँपालिकामा अध्यक्ष छत्र वहादुर सुब्बा र उपाध्यक्ष गिता खेवा गुरुङ्ग सहित ४ जना वडाध्यक्षहरु,चौविसे गाउपालिकामा ४ जना वडाध्यक्ष, सहिदभूमी गाउँपालिकामा ३ जना वडाध्यक्षहरु र धनकुटा नगरपालिकामा ५ जना वडाध्यक्ष गरी कुल ३० वटा वडामा गठबन्धनले जितेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए।