धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत

  • १७ जेष्ठ २०७९, मंगलवार

कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको बहुमत भएको छ ।

धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा गठबन्धनले बहुमत प्राप्त गरे पछि एमालेका मेयर घेराबन्दीमा परेका छन ।

धनकुटा नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया श्रेष्ठ, मनकला लिम्बु, रेजिना हिङमाङ्ग, ज्ञानु राई र दलित तथा अल्पसंङख्यक तर्फ सुरेन्द्र आठपहरिया, भोगेन्द्र आठपहरिया र दिल कुमार चाम्लिङ्ग विजयी भएका छन् ।

धनकुटा नगर कार्यपालिकामा गठबन्धनको तर्फबाट आठै जना विजयी कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सविच तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ्ग, नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती, सचिव खगेन्द्र विष्ट, जसपा धनकुटाका जिल्ला उपाध्यक्ष द्धय विकास घिमिरे, पार्वती राई, जिल्ला सचिव श्रीराम रायमाझी लगायतले खादा, माला तथा टिका लगाई कार्यपालिका सदस्यहरुलाइ बधाई दिएका थिए ।
सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं.६ का वडाध्यक्ष मिलन कुमार खड्की, वडा नं. ७ का वडाध्यक्ष तथा नपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रोशेष श्रेष्ठ, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल लगायतले समेत फुल माला खादा लगाई दिई बधाई दिएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट पाँच जना वडाध्यक्ष सहित २६ जना नगर परिषद सदस्य र नेकपा एमालबाट मेयर ,उपमेयर र पाँच वडाध्यक्ष सहित २५ जना नगर परिषद सदस्य विजयी भएका थिए ।

धनकुटा नगर पालिकाकाको निर्वाचन पछि २० जनाको कार्यपालिकामा गठबन्धनको १३ जना र नेकपा एमालेको ७ जना सदस्य भएका छन् । त्यस्तै ५४ जना नगर परिषद सदस्यहरुमा गठबन्धनबाट २९ जना र नेकपा एमालेबाट २५ जना नगर परिषद सदस्य निर्वाचित भएका छन् ।