नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी

  • १० असार २०७९, शुक्रबार

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् ।

नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे ।

शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २ सय १४ जनाको रक्त परीक्षण, १ सय ७९ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई
उपचार सेवामा ५० प्रतिशत छुट पाउनेथप उपचारका लागि अस्पताल रेफर गरिएको छ । उनीहरुले नोबेलमा उपचार गराउँदा छन् । नोबेलले बिरामीलाई अस्पताल ल्याउँन र उपचार पश्चात घर पुर्याउन गाडीको व्यवस्था पनि मिलाएको छ ।