धनकुटाका जनप्रतिनिधि र कांग्रेस नेताहरूले संघीय सरकारका पाँच मन्त्रीलाइ बुझाए ज्ञापन
- ११ श्रावण २०७९, बुधबार
धनकुटाको स्थानीय तहका जनप्रतिनिधि र नेपाली कांग्रेस धनकुटाको प्रतिनिधि मण्डलले धनकुटाको विकास र समृद्धीका लागि भन्दै नेपाल सरकारका पाँच जना संघिय मन्त्रिहरुलाई माग पत्र बुझाएको छ ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मल ओझा, जिल्ला सचिव विजय सन्तोषी राई एवम् महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, उपाध्यक्ष गिता खेवा गुरुङ, साँगुरीगढी गाउपालिका वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश मगर, नेपाली कांग्रेसका नेताहरु खेम पौडेल, गोपालचन्द्र पौडेल, तिलक महत, ढकल सिंह लिम्बु, राजन पौडेल,मदन घिमिरे लगायतका धनकुटाका प्रतिनिधि मण्डलले काठमाण्डौमा पाँच जना मन्त्रीहरुलाई भेटघाट गरी माग पत्र बुझाएको हो ।
मागपत्रमा धनकुटाको सात वटै पालिकाहरुमा खेल मैदान निर्माण, बहुउदेश्यीय कभर्ड हल निर्माण, फोहर मैला व्यवस्थापन, पावर हाउस निर्माण, सडक निर्माण, पार्कहरु निर्माण, खानेपानी योजनाहरुको निर्माण, धनकुटा बजार क्षेत्रमा ढल निर्माण लगायतका बुँदा समेटिएका छन् ।
टोलीले नेपाल सरकारका वन तथा बातारण मन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी, यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, सहरी किावस मन्त्री मेटमणी चौधरीलाई भेटघाट गरी धनकुटामा विभिन्न योजनाहरुका लागी बजेट बिनियोजन गरी दिन माग गरिएको राईले वताए ।