खेल मैदान नहुँदा क्रिकेट प्रशिक्षण र अभ्यास गर्नबाट बन्चित हुँदै बेलबारीका खेलाडीहरु

नगरपालिकालाई बुझाइयो ध्यानाकर्षण पत्र

  • २ भाद्र २०७९, बिहीबार

खेल मैदानको अभावमा बेलबारीका युवाहरू क्रिकेटको अभ्यास गर्नबाट बन्चित भएका छन् ।
बिसं २०७१ सालमा स्थापना भएको बेलबारी क्रिकेट क्लब मार्फत खेल अभ्यास र विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएका खेलाडीहरु मैदानको अभावमा खेलाडीहरु पलायन हुन थालेको  बेलबारी क्रिकेट क्लब अध्यक्ष ऐश्वर्य प्र.आचार्य (बिपिन) ले बताए। ०७३ सालमा पुर्वान्चल स्तरीय टि-20 क्रिकेट प्रतियोगिता समेत आयोजना गरेको क्लब आफ्नो खेल मैदान नहुँदा  समस्या झेल्दै आएको छ । बिगतको स्थानीय सरकारले समेत यस खेलको प्रबर्द्धन र बिकासमा ध्यान नदिँदा  नदिदा आशा लाग्दा युवा जोस जाँगर भएका युवाहरूमा निराश छाएको अध्यक्ष आचार्य बताउँछन् ।
इनरुवा नाईट मेयर कप, रङ्गेली मेयर कप, सुन्वर्सी मेयर कप, इटहरी नाइट मेयर कप लगायतका प्रतियोगितामा क्लब एवं बेलवारी नगरपालिकाको तर्फबाट सहभागी भइ उत्कृष्ट प्रदर्सन गरेको इतिहास बोकेको क्लब आर्थिक अभाव एवं खेल मैदानका कारणले गुमनाम हुँदै गएको छ। क्लबले पाँच बर्षअघि बेलबारीमा पुर्वान्चल स्तरीय टी- ट्वान्टटी प्रतियोगिता समेत आयोजना गरेको थियो । खेल मैदान अभाव भएपनि युवाहरूले केहि समयअघिदेखि बेलवारी-२ स्थित सिहदेबी सामुदायिक बनको मैदानमा प्रत्येक शनिवार बिहान क्रिकेट प्रशिक्षण तथा अभ्यास गर्दै आएका थिए । तर हाल स्थानीयहरुको अवरोधका कारण  अभ्यास तथा प्रशिक्षण रोकिने अबस्था सिर्जना भएको छ । प्रशिक्षण गर्ने ठाउँको अभावले गर्दा खेलाडीहरुमा नकारात्मक प्रभाव पर्दै गएको आचार्य बताउँछन् ।

क्लबले बेलबारी नगरपालिकाका नगरमुख डिपी राईलाई  क्रिकेटका समस्याबारे ध्यानाकर्षण गराएको छ। नगरपालिका समक्ष क्लबले अर्को ब्यबस्था नभए सम्मलाई प्रशिक्षण गर्दै आएको बेलवारी-२ को सिहदेबी खेल मैदानलाई प्रयोग गर्न बाताबरण बनाइदिन, बेलवारी-३ मा रहेको भगवती मा.बि को स्वामित्व रहेको खाली जमिनमा क्लबले क्रिकेट एकेडेमी सन्चालन गर्न स्कुल र क्लब बिच जग्गा लिज सम्झौता भएकोले त्यसका लागि आवश्यक सहयोग गर्न र स्थानीय सरकारबाट क्रिकेटको बिकासका लागि थप सहयोग गर्न क्लबले माग गरेको छ ।
नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा क्लबका अध्यक्ष ऐश्वर्य प्रसाद आचार्य (बिपिन), सचि व पुस्कल सुबेदी (सियोम), कोषाध्यक्ष सुनिल खनाल, टिम क्याप्टेन अमित भगत, सदस्यहरु अजित भगत, बिजय कुवर, प्रकाश भण्डारी, निमेष चापागाईं, प्रतिप श्रेष्ठ, शिव क्षेत्री, निरज सुवेदी लगायतको उपस्थिती थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख दिलप्रसाद राईले मागहरुप्रति नगरपालिका सकारात्मक रहेको र निकट भबिस्यमै नगरखेलकुद बिकास समिति गठन गरी सो समिति मार्फत नगरभरि खेलिने र अस्तित्वमा रहेका खेललाई सम्भावना हेरेर आवश्यक सहयोग गर्ने बताए ।