झापा, मोरङ र सुनसरीमा पनि मौलाउँदै मिटरब्याजीको गिरोह, परे ८७ वटा उजुरी

  • ९ भाद्र २०७९, बिहीबार

मधेस प्रदेशतिर अत्याधिक मानिसहरुलाइ ठग्न पल्किएका मिटरब्याजी गिरोहको संजाल प्रदेश १ का विभिन्न जिल्लामा पनि मौलाउन थालेको रहस्य खुलेको छ ।

सरकारले मिटरब्याजी विरुद्ध उजुरी आब्हान गरेपछि सो रहस्य खुलेको हो ।

प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार हालसम्म प्रदेश १ का चार जिल्लामा ८७ वटा उजुरी परेका छन् ।

मिटरब्याजी विरुद्ध मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।