बलात्कार र लागू औषध कारोबार गरेर भागेका सुन्दरहरैंचाका दुई जना पक्राउ

  • २२ भाद्र २०७९, बुधबार

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलात्कार र लागू औषध कारोबारको अपराधमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको फैसलाले कैद सजाय र जरिवाना ठहर भएका दुईजना फरार प्रतिवादीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाईएको हो ।

पक्राउ पर्नेमा जवरजस्ती करणी ठहर भइ ९ बर्ष ५ महिना ५ दिन जेल सजाय तोकिएका मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को दिपक चौधरी र लागु औषध कारोबारमा १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा वडा नं. ७ बस्ने बर्ष २२ को सन्दिप चौधरी छन् ।