ऐश्वर्या श्रेष्ठले जितिन् मिस ग्रान्ड नेपाल २०२२ को उपाधि 

  • २७ भाद्र २०७९, सोमबार

२५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् ।

त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका छन् । 

उपाधि बिजेता ऐश्वर्याले मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । वर्षा भण्डारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भए ।

बमिस ग्राण्ड नेपालको मुख्य विषय युद्ध र हिंसा रोकिने छ । अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ।

कार्यक्रममा अभिनेता/मोडल अनुप विक्रम शाही, र्‍यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक थिए । कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए ।

कार्यक्रम लाजिम्पाटको शंकर होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गरिन् । कार्यक्रम ३६५ एवेन्ट्सद्वारा लागू गरिएको थियो।