लालिगुराँस सहकारीको २८ औं साधारणसभा सम्पन्न, रक्तदानबाट ६१ प्रिन्ट रगत संकलन

  • ३ आश्विन २०७९, सोमबार

मोरङ बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले विभिन्न कार्यक्रम गरी २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बेलबारी १ मा रहेको मदन आश्त सांस्कृतिक भवनमा औपचारिक कार्यक्रम गरी संस्थाले २८ औँ साधारणसभा सम्पन्न गरेको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र  संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमको आतिथ्यतामा भएको साधारणसभा कार्यक्रममा प्रदेश वचत तथा ऋण सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, बेलबारी नगरपालिकाका सहकारी शाखाका प्रतिनिधि, बेलबारी नगरपालिकाकी उप प्रमुख नितु थापा संचारकर्मी लगायत बेलबारी र आसपासका सहकारी संस्था, एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

साधारणसभामा जिल्ला बचत सङ्घ मोरङका संस्थापक अध्यक्ष चन्द्रप्रकाश गौतमलाई लालीगुराँस सहकारी अवार्डबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी लालीगुराँस सहकारीको सदस्य रही आसन्न स्थानीय निर्वाचनमा विजयी बेलबारी नगरपालिका  नं १, २ र ३ का अध्यक्षहरू क्रमशः मणिबहादुर पुलामी मगर, कृष्णबहादुर गुरुङ, योगेन्द्र सुवेदी तथा वडा सदस्यहरु सञ्चमाया लिम्बू, दीपक लिम्बू लगायतका सात जनालाई सम्मान गरिएको थियो । साधारणसभामा बेलबारी १ का काजी तामाङ र कमला सार्कीलाई उत्कृष्ट सदस्यता पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा पूर्व सञ्चालक समितिका पदाधिकारी, बृद्ध वृद्धा र उत्कृष्टा सेयर खरिदकर्ता आदिलाई  सम्मानित गरिएको थियो ।

साधारणसभामा संस्थाका सचिव नारायणप्रसाद आचार्यले आ. ब. २०७८/७९ को वार्षिक प्रगति विवरण तथा आ.ब. २०७९/०८० को भाबी कार्ययोजना,कोषाध्यक्ष राजेन्द्र थापाले २०७८/७९ को आर्थिक प्रतिवेदन तथा आ.ब. २०७९/०८० को अनुमानित बजेट र लेखा सुपरिवेक्षण समिति संयोजक राजु बस्नेतले आर्थिक बर्ष २०७८/०७९ को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोरङकै पुरानो र ठूलो मानिने यस सहकारीमा ३ हजारभन्दा बढी शेयर सदस्य छन् । संस्थाले धेरै बर्ष अघिदेखि एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।
रक्तदानबाट ६१ प्रिन्ट रगत सङ्कलन
संस्स्थाले साधारणसभाकै दिन बिहान  रक्तदान आयोजना गरेको छ  ।
बीपी कोइराला स्वास्थ्य बिज्ञान pratiघोपा क्याम्प धरानको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रगत दान गरेको ब्यबस्थापक केशव रुपाखेतीले जानकारी दिए । शेयर सदस्य लगायत जोसुकैलाई रगत आवश्यक परेपनि रगत उपलब्ध होस् भन्ने उद्देश्यले बर्षमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको लालिगुराँस साकोसका संचालक समिति अध्यक्ष दुर्गा गौतमले बताए ।
संस्थाले साधारणसभाको अबसरमा र अर्को एकपटक गरी बर्षेनी २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । २७ औं साधारणसभामा गत बर्ष ५५ प्रििन्ट रगत संकलन भएको थियो ।