लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न

  • ६ आश्विन २०७९, बिहीबार

मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ-४, मोरङको २३ भएको औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

संस्थाले लेटाङ स्थित जनसेवा सामुदायिक वन परिसरमा २३ औं साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता थियो । साधारणसभाको औपचारिक कार्यक्रममा लेटाङका सहकारी संस्था, सामुदायिक वन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिका रूपमा उपस्थित थिए ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने मध्ये १० जना ऋणीहरुलाइ सम्मान गरिएको थियो । त्यसैगरी साधारणसभामा उत्कृष्ट मासिक बचत गर्ने ४ जना, उत्कृष्ट वाल बचत गर्ने ४ जना, उत्कृष्ट दैनिक बचत गर्ने ४ जना, उत्कृष्ट ऐच्छिक बचत गर्ने ४ जना उत्कृष्ट शेयर खरिद गर्ने २ जना र उत्कृष्ट रेमिट्यान्स कारोबार गर्ने दुई जना सम्मानित भएका छन् ।

सो अबसरमा ६ जना जेष्ठ नागरिकहरुलाइ पनि सम्मान गरिएको थियो । मृतक ७ जना मध्ये परिवार राहत कार्यक्रममा सहभागी भएका ५ जना मृतक शेयर सदस्यका परिवारलाइ ३० हजारको दरले राहत प्रदान गरिएको थियो ।

साधारणसभामा संस्थाको संचालक समितिका सचिव बहादुर गिनेलले प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९/०८० को भावी कार्ययोजना र कोषाध्यक्ष बालकुमारी लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शेयर सदस्य संख्याको हिसाबले मोरङकै ठूलो मध्येको एक यस सहकारीले एम्बुलेन्स सेवा, रेमिट्यान्स सेवा आदि पनि संचालन गर्दै आएको छ । बैंकिङ प्रणालीबाट संचालित संस्थाले मोबाइल बैंकिङ र एटीएम जस्ता सुबिधा समेत संचालन गर्दै आएको छ । लेटाङ बजारमा आफ्नै भवनमा रहेको संस्थाले लेटाङ ८ जाँतेमा सेवा केन्द्र समेत बिस्तार गरिसकेको छ ।

२८ करोड कुल पुँजी भएको संस्थामा ३ करोड २५ लाख १४ हजार ४ सय शेयर पुँजी, ४ करोड १ लाख १२ हजार ३ सय ५१ कोष हिसाब र २० करोड ८१ लाख २५ हजार ८ सय ४९ रुपैयाँ पैंतालीस पैसा बचत रहेकोे छ ।  संस्थाले डेढ दर्जन खालका बचत संचालनमा ल्याएको छ । त्यसैगरी नेफ्स्कुन, जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा गरी संस्थाको २ करोड ९७ लाख २६ हजार ४ सय ८ रुपैयाँ एकतीस पैसा लगानी हिसाब रहेको छ ।

हाल संस्थाले २१ करोड ५४ लाख ६३ हजार ९ सय ९१ रुपैयाँ, बयासी पैसा ऋण लगानी गरेको २३ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ मा ९६ लाख ६६ हजार २ सय ८६ रुपैयाँ शुद्ध बचत गरेको मोरङ साकोसको लाभांश कोषमा ३० लाख ७८ हजार ५ सय ९१ रुपैयाँ र संरक्षित पुँजी फिर्ता कोषमा १७ लाख २१ हजार ८ सय ७ रुपैयाँ रहेकोे छ ।
संस्थामा हाल ५ स्थायी, २ अस्थायी र १ करार गरी ८ जना कर्मचारी छन् । चार हजार दुई सय २१ शेयर सदस्य संख्या पुगेपनि सहकारीका हाल ३ हजार १ सय ४८ जना शेयर सदस्य कायम छन्   ।