बेलबारी बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

  • ७ आश्विन २०७९, शुक्रबार

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बेलबारी ३ स्थित संस्थाकै कार्यालय परिसरमा विभिन्न कार्यक्रम गरी साधारणसभा गरिएको हो । संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको संचालन माधव राज थापाले गरेका थिए ।

बार्षिक साधारणसभाको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा, बेलबारी नगरपालिकाका पुर्व मेयर ज्ञानेन्द्र सुवेदी, नेपाली कांग्रेसका नेता महेन्द्र सुवेदी, बेलबारीका पुराना ब्यबशायी बिन्ध्यान्चल प्रसाद साह लगायतको आतिथ्यता थियो ।
साधारणसभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा संचारकर्मीहरुको समेत उपस्थिति थियो ।

साधारणसभाले संचालक समितिको रिक्त सचिव पदमा लेखा सुपरिवेक्षण समिति सदस्य रहेका पुर्ण प्रसाद सिटौलालाइ चयन गरेको छ । यसअघि सचिव रहेका दुर्गा सुवेदीले राजीनामा दिइ हाल देश बाहिर रहेकोेले सो पद रिक्त भएको थियो । सिटौला सचिव भएपछि रिक्त भएको लेखा सदस्यमा अर्को साधारणसभाले अनुमोदन गर्नेगरी संचालक समितिले चयन गर्ने संस्थाका अध्यक्ष प्रताप कुमार थापाले बताए ।

गत बर्ष निधन भएका शेयर सदस्य रमेश कुमार तामाङ, नरेन्द्र बस्नेत तथा दिबंगत भएका अन्य शेयर सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरेर साधारणसभाको कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष विद्यालक्ष्मी न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

साधारणसभामा दैनिक बचततर्फ भिमनारायण श्रेष्ठ, अनिवार्य मासिक बचतमा थर्कमाया राई, स्वेच्छिक बचततर्फ टेकेन्द्र ढकाल र ऋणीतर्फ हरिमाया बुढाथोकीलाइ प्रसंसा पत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी बेलबारी १ का वडा सदस्य बाबुराम खड्का, बेलबारी २ की वडा सदस्य पार्वती बस्नेत, बेलबारी ३ का वडा अध्यक्ष योगेन्द प्रसाद सुवेदी, वडा सदस्य हिमादेवी बिश्वकर्मा, नगर प्रमुख दिलप्रसाद राइ र उपप्रमुख नितु थापालाइ पनि सम्मान गरिएको छ ।

साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष प्रताप कुमार थापाले बार्षिक प्रतिवेदन, आगामी बर्षको निति तथा कार्यक्रम र बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी खतिवडाले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको कार्यक्रममा शान्ता तामाङ, नगर प्रमुख दिलप्रसाद राइ, उपप्रमुख नितु थापा, वडाध्यक्ष योगेन्द्र सुवेदी राजनीतिक दलका तर्फबाट ज्ञानेन्द्र सुवेदी, महेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बेलबारी बहुउद्देश्यीय सहकारीले बचत ऋणको कारोबारका अलावा कृषि सम्बन्धि परियोजना समेत संकलन गर्दै आएको छ । अघिल्लो बर्ष समान प्रकृतिका दुई सहकारीमा दोहोरो सदस्यता भएका २९ जनाले शेयर फिर्ता लिए पनि हाल संस्थामा ५ सय २८ जना शेयर सदस्य छन् ।