मोरङ.३ मा प्रतिनिधि सभाका ३१ र प्रदेश सभाका लागि १५ सहित ४६ जनाको उम्मेदवारी
प्रतिनिधि सभाका ३१ मध्ये १९ जना स्वतन्त्र उम्मेदवार
- २४ आश्विन २०७९, सोमबार
मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदका ३१ जना र प्रदेश सभा सदस्यका लागि १५ जना सहित ४६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य पद लागी ३१ मध्ये १९ जना स्वतन्त्र उम्मेदवार छन् । त्यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र नं ३ क बाट ८ जना मध्ये १ जना स्वतन्त्र र ख बाट १५ मध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेश सभामा गरी जम्मा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, जुन ५० प्रतिशतभन्दा बढी हो ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका लागि सुनिल शर्माले मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका लागि भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरुमा हिमप्रसाद मिश्र, इन्द्र प्रसाद सुवेदी, चन्द्रकला खत्री, धर्मप्रसाद न्यौपाने, प्रकाश भट्टराई, सुरेश भण्डारी, शिव पौडेल, कृष्ण राइ, पंकज कुमार भगत, अरबिन साह, कमल राजबंशी, जीवनाथ निरौला, जयराज, बाबुराम सुवेदी, रेवत कुमार बस्नेत, गणेश बहादुर पोख्रेल, दिनेश चापागाईं र सुवास धिमाल छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिकास उप्रेती, नेकपा मालेबाट उदीप खड्का, जन समाजवादी पार्टीबाट कमल लिम्बु, लोकतान्त्रिक समाजवादी पार्टीबाट भुवन राइ,मंगोल नेशनल अर्गनाइजेसनबाट बिकेन्द्र राइ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिका लिम्बू, नेमकिपाबाट ॐनारायण थामी, हाम्रो नेपाली पार्टीबाट खगेन्द्र न्यौपाने र नेशनलिष्ट पिपुल्स पार्टीबाट नारायण शर्माले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
नेकपा एस र ने.का बिच गठबन्धन भएको क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य पदका लागि ३ क बाट नेपाली कांग्रेसका शेखर चन्द्र थापा र ख बाट नेकपा यसबाट लक्ष्मी श्रेष्ठले मनोनयन गरेका छन् । त्यस्तै एमालेबाट प्रदेश क मा किशोर राई र ख बाट ज्ञानेन्द्र सुवेदीले मनोनयन दर्ता गरेका छन् । राप्रपाबाट प्रदेश सभा सदस्य पदका लागि क मा तीर्थ बहादुर गुरुङ र ख मा रमेश रिजालले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश सभाका लागि प्रदेश ३ क बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिनेश राइ, लोकतान्त्रिक समाजवादीका रामचन्द्र बिश्वास, र मंगोल अर्गनाइजेसनका रामचन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा धनबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यसैगरी प्रदेश ३ ख मा हाम्रो नेपाली पार्टीबाट पुष्पराज खनाल, लोकतान्त्रिक समाजवादीबाट निरबहादुर भुजेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्द्र कुमार सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामकुमार लिम्बु, खम्बुवान राष्ट्रिय मोर्चाका तेज प्रसाद राइ र मंगोल अर्गनाइजेसनका बिश्व बन्धु तामाङ उम्मेदवार बनेका छन् । प्रदेश ३ ख मा स्वतन्त्र उम्मेदवारी दिनेहरूमा माओवादी केन्द्रका प्रदेश सदस्य तिलक राइ, कन्चन कुमार बुढाथोकी, याम कुमार श्रेष्ठ, निर बहादुर बुढाथोकी र ऐश्वर्य प्रसाद आचार्य छन् ।