केराबारीमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण

  • ३१ आश्विन २०७९, सोमबार

बाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्धार एवम्  कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघको निर्वाचनमा केन्द्रित भइ गठबन्धनले बुधबार केराबारीमा उम्मेदवार एवम् कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्ने नेताहरुले गठबन्धनका उमेद्धारहरुलाइ जिताउन मतदाताहरुको घरदैलोमा पुग्न कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

कार्यक्रममा राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम पोखरेलले लोकतान्त्रिक गठबन्धनका उमेद्धारहरु हार्दा सिंगो व्यवस्था हार्ने भएकोले उमेद्धार एउटा पात्र मात्र नभएर यो गठबन्धनको भाग्य र भविश्यसंग जोडिएको बताए । उनले  सबैले विश्वासका साथ निर्वाचनमा होमिएर आफ्ना कार्यकर्ता शुभचिन्तकहरु कहाँ जान आग्रह गरे ।
एमालेको चुनावी नारी वृद्धभत्ता बुढो भइसकेको बताउदै नेता पोख्रेलले दुइ दुइ पटक संसद विघठन गरेर राज्य र नेपाली जनतालाई धोका दिने एमालेसंग चुनावमा जाने नयाँ योजना एजेन्डा नभएकोले पनि गठबन्धन दलले देशैभरी  जित्नेमा आफुहरु बिश्वस्त भएको बताए  ।

कांग्रेसका नेता एवम् केराबारी गाउँपालिका पुर्व अध्यक्ष रोहित वहादुर कार्कीले यो गठबन्धन स्थानीय तहको जस्तो नभएर अलि फरक भएकोले यो व्यवस्थालाई जोगाउन विशेष भूमिका निर्वाह गर्न गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गरे ।

कार्यक्रममा नेकपा समाजवादीका नेता दलवहादुर तामाङले व्यवस्था जोगाउन हिजो सदन सडकबाट आन्दोलन गर्दै आएका पार्टीहरु एक भएर निर्वाचनमा होमिएकोले बाम लोकतान्त्रिक शक्तिहरुलाई जिताउन विकल्प नरहेको बताए ।

त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य प्रेम मिभकले पार्टीको विचार र निति आफ्नो ठाउँमा भएपनि स्थानीय तहदेखि नै फरक मत र फरक विचार राख्ने नेताहरु समेत अहिलेको गठबन्धन प्रति सकारात्मक देखिनु सुखद भएको वताए ।
मोरङको क्षेत्र नम्बर १ बाट गठबन्धन आबद्ध दलका सैयौ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा उम्मेदवारहरुले आफुहरु निर्वाचित भएमा जनतालाई राहत हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केराबारीमा गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय
बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति केराबारीको सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।
मोरङ क्षेत्र नं.१ बाट प्रतिनिधिसभाका उमेद्धार तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकवहादुर लिम्बू,  मोरंङ निर्वाचन क्षेत्र नं.१ ख का उमेद्धार उपेन्द्र घिमिरे लगायतले सोमबार सम्पर्क  कार्यलय उद्घाटन गरेका हुन्  ।