एपिएफले फेरि चुम्यो बेलबारी गोल्डकपको उपाधि

  • २४ कार्तिक २०७९, बिहीबार

पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ए पि एफ काठमाडौले चुमेको छ ।

मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनलमा राजारानी धनकुटालाइ ०-१ गोल अन्तरले स्तब्ध पार्दै ए पि एफले उपाधी चुमेको हो ।
ए पि एफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोल रहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल गर्नुको सट्टा उल्टै खान पुग्यो । फाइनल खेलको म्यान अफ द म्याच गोल कर्ता हरि कार्की घोषित भए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगितामा वेष्ट गोल किपर एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर ए पि एफ का मनि लामा , वेष्ट स्टाईकर राजारानीका बुद्घ चेम्जोङ , वेष्ट कोच एपीएफका सुदिप श्रेष्ठ, राईजिङ प्लेयर आयोजक डाँगीहाटका कासिम राई , हाई स्कोररर सिराहाका फोडे फोफोना सहलेस , सर्वोकृष्ट खेलाडी एपीएफका टोप बहादुर विष्ट घोषित भए ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेता एपीएफले नगद ८ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता राजारानी क्लव धनकुटाले नगद ४ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी थिए ।

यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए । प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले जितेको थियो ।