विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित

  • ६ मंसिर २०७९, मंगलवार

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए ।

अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा साउदीका लागि खेलको ४८ औं मिनेटमा सलेह अलसेहरीले पहिलो गोल गरे । साउदीका लागि ५३ औँ मिनेटमा सलिम अल दावसरीले गोल गर्दै टीमलाइ २-१ को स्थितिमा पुर्याएका थिए । खेलमा अर्जेन्टिनाले  तीन गोल गरेपनि अफसाइड भएका कारण गोलको मान्यता पाएनन् ।

हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण यात्रामा धक्का लागेको छ। अब मेक्सीको र पोल्याण्डसँग खेल्न बाँकी छ। अघिल्लो चरणका लागि अर्जेन्टिनालाई यी खेल जित्नै पर्ने दबाब छ।