राजनीतिक उथलपुथलसँगै तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड

  • ११ पुष २०७९, सोमबार

कांग्रेससहितको गठबन्धन टुतेसँगै नेकपा एमाले सहितका दलहरूको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही दलहरूको समर्थनमा आइतबार प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण लिएका छन् ।
त्यसैगरी बिना बिभागीय मन्त्री बनेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी, लाइसेन्स जस्ता काममा जनतालाई दुःख सास्ती नहुने बताएका छन्। उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रचण्डले यस्तो जानकारी दिएका हुन्।
उनले भने‚ ‘राहदानी, लाइसेन्स सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ।’
साथै नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए।
प्रधानमन्त्री दाहालले गम्भीर रूपले देश र जनताका समस्याको सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले भने‚ ‘जनतामा आम रूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। यो मन्त्रिपरिषद्ले एउटा आशा जगाएको छ। प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेका छौँ।’
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सबै सदस्यमा केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे। सोमवार अपराह्न प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।​ सरकार गठन भएसँगै मन्त्री परिसको परिषद बैठकले गृहमन्त्री रबि लामेछानेलाई सरकारको प्रबक्ता तोकेको छ । गृहमन्त्री लामिछानेले आफ्नो पहिलो प्राथमिकता निर्मला पन्तको हत्यारा पत्ता लगाउने रहेको बताएका छन् ।