धनकुटा महोत्सवका घाईतेहरुको लागि गायक प्रमोद खरेल र धनकुटा २ का वडाध्यक्षले गरे सहयोग
- २१ माघ २०७९, शनिबार
माघ ६ गते देखि १६ गतेसम्म संचालन भएको पाचौ धनकुटा महोत्सवको क्रममा माघ १४ गते साँझ अत्यधिक भिड नियन्त्रण हुन नसकी एक आपसमा ठेला ठेल हुदा घाईते भएका ३१ जना दर्शकहरुको उपचारका लागि सहयोग जुट्दै गएको छ ।
लोकप्रिय गायक प्रोदम खरेलले गित प्रस्तुत गर्ने कार्यक्रममा अत्यधिक स्रोताहरु आएका र भिड नियन्त्रण हुन नक्सदा उक्त घट्ना भएकोले गायक खरेलले घट्नामा घाईते भएकाहरुको उपचारका लागि आफ्नो पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् ।
धनकुटा नरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले आफ्नो एक महिनाको भत्ता तथा तलव वरारवको करीव ३० हजार रुपैया वरावरको सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाचौ धनकुटा महोत्सवम मा माघ १४ गते राती अत्यधिक भिडका कारण एक आपसमा ठेला ठेल तथा किचिएर ३१ जना घाईते भएकोमा धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा १८ जनाको र २ जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा र अन्य ११ जनाको धनकुटा अस्पतालमा उपचार भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
उक्त घट्नामा घाईते भएकाहरुको धनकुटा उद्योग बाणिज्य संघले ऋण पान गरी उपचार गरिरहेको र एक जना विरामी बाहेक सबै विरामीहरु घर फर्किसकेका धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझीले वताए ।