सिद्धार्थ स्कुल र इन्द्रपुर जेसिजले गरे रक्तदान कार्यक्रम, १ सय २५ युनिट रगत संकलन

  • १२ फाल्गुन २०७९, शुक्रबार

मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिज तथा सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले गरेका छुट्टाछुट्टै गरेका रक्तदान बाट १ सय २५ युनिट रगत संकलन भएको छ ।

इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।

रगतको अभावलाइ पूरा गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको इन्द्रपुर जेसिज अध्यक्ष विना आचार्य सुवेदीले जानकारी दिइन् ।

त्यसैगरी सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले २८ औं अभिभावक दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बिराटनगरको प्राबिधिक सहयोगमा बिहीबार भएको रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन भएको स्कुलका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिए ।