आइडलहरु छनौट र विभिन्न कार्यक्रमसहित सिद्धार्थले भब्य रूपमा मनायो २८ औं बार्षिकोत्सव

  • १६ फाल्गुन २०७९, मंगलवार

सिद्दार्थ सेकेण्डरी स्कुल, खोर्सानेले २८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस साँस्कृतिक कार्यक्रमसहित विभिन्न बिधाका आइडल घोषणा गर्दै सम्पन्न भएको छ ।


बार्षिकोत्सव अबधिभर होटल म्यानेजमेन्ट मा अध्ययनरत विद्यार्थीले तयार गरेका खानाका परिकार र बिज्ञानका विद्यार्थीले पनि विभिन्न स्टल राखेका थिए । त्यसैगरी एकता पब्लिकेसनले पुस्तकको प्रदर्शनी पनि गरेको थियो ।

बिहीबार र शुक्रबार रक्तदान र  स्वास्थ्य शिविर गरेको स्कुलले शनिबार आइडलका प्रस्तुतिसहित विभिन्न साँस्कृतिक कार्यक्रम गरेको थियो । आइतबार पनि कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न आइडलका बिजेताहरुलाइ उपाधीसहित पुरस्कृत गरिएको छ ।
विभिन्न आइडलका बिजेताहरु छनौट
बार्षिकोत्सबकै अबसरमा सिद्धार्थ सिंगिङ आइडल, डान्सिङ आइडल, पेण्टिङ आइडल, स्पीच आइडल र सेफ च्याम्पियनसीप सम्पन्न भएका छन् । जसमा सिद्धार्थ स्पीच आइडलको सिनियरतर्फ कक्षा ११ र १२ करुणा गिरी बिजेता बनेकी छिन् । सोही बिधामा मनिष बजगाईं फस्ट रनर अप र सविता प्याकुरेल सेकेन्ड रनर अप बनेका छन् ।

स्पीच आइडलको सिनियरमै कक्षा ८ र ९ बाट सौगात सुवेदी बिजेता बनेका छन् । त्यसमा अदित पौडेल फस्ट रनर अप र युबसान बस्नेत फस्ट रनर अप तथा प्रिया गुप्ता सेकेन्ड रनर अप घोषित भएका छन् ।

स्पीच आइडल बिधामा सिनियरतर्फ कक्षा ६ र ७ बाट पवन खड्का बिजेता बने । जसमा निश्चल पौडेल फस्ट रनर अप र सरुन परियार सेकेन्ड रनर अप भए । स्पीचमै जुनियरतर्फ कक्षा ४ र ५ बाट कृतिका कार्की बिजेता बनिन् । त्यसमा जस्पर राई र किरण गुरुङ अस्ट रनर अप एवम् आराध्या न्यौपाने सेकेन्ड रनर अप भइन् ।
सिद्धार्थ स्पीच आइडलको प्रि जुनियर तर्फ कक्षा १-३ बाट सन्ध्या ढकाल बिजेता, आरोन भण्डारी फस्ट रनर अप र आशुषा अधिकारी सेकेन्ड रनर अप भए ।

त्यसैगरी सिद्धार्थ पेन्टिङ आइडलको सिनियर  (कक्षा ६-१०) तर्फ  ईशा लिम्बु विजेता, सुमिना मगर फस्ट रनर अप , डेबिट कार्की सेकेन्ड रनर अप र लिजा श्रेष्ठ कन्सोलेशन घोषित भए ।
सिद्धार्थ पेन्टिङ आइडलको जुनियर (कक्षा ३-५) तर्फ जसस्पर राई बिजेता, बिबास श्रेष्ठ फस्ट रनर अप, नमसाङ लिम्बु सेकेन्ड रनर अप र अविरल अधिकारी सान्त्वना घोषित भएका छन् ।

सिद्धार्थ डान्सिङ आइडलको सिनियर (कक्षा ६-१०)  तर्फ सिवाङ राई बिजेता , फुङ्मा लिम्बु फर्स्ट रनर अप तथा  सायुसा योन्जन र युब्सान बस्नेत सेकेन्ड रनर अप घोषित भए ।  इशारा सहितको बेजोड प्रतिभाको उपाधी राईना राई र युनिसा थापा, ड्रेसअप सहितको बेजोड प्रतिभाको उपाधि सिवानी राई र सक्षम गिरी एवम्  आत्मविश्वासका साथ बेजोड  प्रतिभाको उपाधी रिया नेपाल र मितिसा भण्डारीले जितेका छन् ।

सिद्धार्थ डान्सिङ आइडलको जुनियर (कक्षा ४-५) तर्फ रेजिना पौडेल विजेता, महिमा लिम्बु फस्ट रनर अप तथा स्तुति रुपाखेती र गिप्सन लुईटेल सेकेन्ड रनर अप भए । त्यस्तै इशारामा बेजोड प्रतिभाको उपाधि आराध्या न्यौपाने, ड्रेसअप सहितको बेजोड  प्रतिभाको उपाधी प्राप्ति धमला र आत्मविश्वासका साथ बेजोड  विद्रोह प्रतिभाको उपाधी आरोन गिरीले जिते ।

त्यसैगरी  प्रि-जुनियर (कक्षा १-३) तर्फ  सिद्धार्थ डान्सिङ आइडलको उपाधी सम्प्रदा घिमिरेले हात पारिन् । त्यसमा प्रकृति घिमिरे फस्ट रनर अप र रिदम खड्का एवम् सेमिना राई सेकेन्ड रनर अप बने ।

प्रि-जुनियर  सिद्धार्थ डान्सिङ आइडलतर्फ गेस्चरको साथ बेजोड प्रतिभाको उपाधि ईशा रायमाझी, सोनिक थापा र सिवानी राई, ड्रेसअपको साथ बेजोड प्रतिभाको उपाधी पेमदिका तामाङ र आर्जु कार्की,  आत्मविश्वासका साथ बेजोड प्रतिभाको उपाधी  प्रसिद्धि ढकाल र सिमरन ढकालले जिते ।

सिद्धार्थ सिंगिङ आइडलको सिनियर (कक्षा ६-१०) तर्फ प्राञ्जली ढुंगाना बिजेता बनिन् । त्यस्तै सिवानी लिम्बु फस्ट रनर अप र  जालान राइ र संगमो पाखरिन सेकेन्ड रनर अप भए । सिंगिङ आइडलको सिनियर मै आत्मविश्वासका साथ बेजोड प्रतिभाको उपाधी जोसन परियार र आशिका थापा मगर एवम्  इशारामा बेजोड  प्रतिभाको उपाधी प्रार्थना कार्कीले जिते । सिद्धार्थ सिंगिङ आइडल जुनियर (कक्षा ३-५)  मा अर्बिनसेन योन्जन विजेता, रिदम खड्का फस्ट रनर अप र कानुन लिम्बु सेकेन्ड रनर अप भएका छन् । सोही बिधामा निश्चल भण्डारी र समिर बोगटीले आत्मविश्वासका साथ बेजोड प्रतिभा र कोकोली लावतीले इशाराको साथ बेजोड प्रतिभाको उपाधी जिते ।

सिद्धार्थ पावरपोइन्ट प्रेजेन्टेसन च्याम्पियनसिप विजेता करुणा गिरी र रेश्मा सामल मगर घोषित भए ।  त्यसमा सुनिल रसाइली फस्ट रनर अप  र गौरव अधिकारी सेकेन्ड रनर अप बने ।

सिद्धार्थ शेफ च्याम्पियनशिप २०७९ मा कक्षा: ११ बाट  रुबिना माझी बिजेता, साम आइप याम्फु राई फस्ट रनर अप र रश्मी कार्की सेकेन्ड रनर अप भए ।  शेफ च्याम्पियनशिपमै कक्षा १२ बाट  इमन श्रेष्ठ बिजेता, रोगिना न्यौपाने फस्ट रनर अप र अञ्जना लिम्बु सेकेन्ड रनर अप बनेका छन्