गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिने प्रधानमन्त्रीको आश्वासन

  • २० चैत्र २०७९, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न दिने आश्वासन दिएका छन् ।
मोरङको गोठगाउँमा पुर्वाञ्चल विश्वविद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले ऐन कानुनमा देखिएका समस्यालाई चाडै हल गर्ने र स्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने ब्यबस्था गर्ने बताए

उनले नेपालमा भएका विश्वविद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले मात्रै विश्व बजारमा प्रतिष्पर्धा गर्ने भएकाले सैद्धान्तिक मात्र नभई जीवन अपयोगी ज्ञान दिन पुर्वाञ्चल विश्वविद्यालयलाई आग्रह गरे ।
हस्थानीय, प्रदेश र संघीय सरकारलाई समन्वय गर्न पनि विश्वविद्यालयको आबश्यकता भएको र जनताका आबश्यकता परिपूर्तिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै वैकल्पिक श्रोत र साधनको खोजी गर्न विश्वविद्यालय लाई समुदाय स्तरमा जैजान आबश्यक भएको उनले बताए ।

दिक्षान्त समारोहमा कला संकायमा स्नातकतर्फ ९२, स्नाकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको छ । यस्तै कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७,शिक्षाशास्त्र संकायतर्फ स्नातकतह ३५४ र स्नाकोत्तर तर्फ १४८, व्यबस्थापनतर्फ स्नातकतहतर्फ एक हजार २४२, स्नाकोत्तर तर्फ ६१४ र एम. फिलतर्फ ६ जनालाई उपाधि प्रदान गरिएको पुर्वाञ्चल विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै चिकित्साशास्त्र र विज्ञान तथाप्रविधि संकायका स्नातकतर्फ एक हजार २६१ स्नाकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जनालाई पनि उपाधि प्रदान गरिएको छ ।