वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी २ बिजयी

  • ३ बैशाख २०८०, आईतवार

लालभित्ति भलिबल क्लबद्वारा आयोजित बेलबारी नगर वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी वडा नम्बर २ बिजयी भएको छ ।

बेलबारी नगरपालिकाका ६ वटा वडाहरुको सहभागिता रहेकोे भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ८ लाई पराजित गर्दै बेलबारी २ बिजयी भएको हो । नयाँ बर्षको पुर्व सन्ध्यामा रमिते सामुदायिक वन परिसरमा भएको प्रतियोगितामा बेलबारीका वडा नम्बर २, ४, ८, ९, १० र ११ सहभागी भएका थिए ।

प्रतियोगितालाई रमिते सामुदायिक वनले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा बिजयी बेलबारी २ ले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै उपबिजेता बनेको बेलबारी ८ ले २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको लालभित्ती फुटबल क्लबका सचिब भुपेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले २ हजार १ सय नगदसहित मेडल र प्रमाणपत्र, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डरले नगद १ हजार १ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।