सहाराबिहिन महिलाको लागि चिसाङ सा. ब.ले बनाइदियो घर 

  • २६ असार २०८०, मंगलवार

चिसाङ सामुदायिक बन उपभोक्ता समुहले लेटाङ २ की निर्मला बराल लागि घर बनाई दिएको छ ।

बिपन्न आवास कार्यक्रम अन्तरगत सामुदायिक वनको मुख्य लागत, स्थानीयबासीको जन श्रमदान तथा वडा कार्यालय समेतको सहयोगमा निर्माण गरेको नवनिर्मित घर सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

चिसाङ सामुदायिक बनको मुख्य लागतमा निर्माण गरिएको उक्त घरका लागि आवश्यक टिन लेटाङ नगरपालिका र २ नम्बर वडा कार्यलयले उपलब्ध गराएको थियो । जन श्रमदान बाहेक चिसाङ सामुदायिक बनको काठ सहित २ लाख ८१ हजार रुपैयाँ लागतमा उक्त घर बनेको उक्त बन समुहका उपाध्य‍्क्ष राममणी वरालले जानकारी दिए।

वन र स्थानीय बासिन्दाको सहयोगमा बनेको घरमा बस्न पाउने भएपछी बरालले खुशी ब्यक्त गरेकी छिन् । उक्त घर निर्माणका लागि लेटाङ नगरपालिका २ नं वडा कार्यालयले ४ बन्डल जस्तापाता सहयोग गरेको थियो ।
आर्थिक रुपमा अति बिपन्न बराल अलपत्र अबस्थामा  बास बस्दै आएकी थिइन्  । सामुदायिक बनले घर निर्माण गरिदिएपछि मजबुत २ कोठे घरमा बस्न पाउँदा गत महिना मात्र श्रीमान गुमाएकी ५२ बर्षिय निर्मलाले राहत महसुस गरेकी छिन् ।