बेलबारी नपाको १३ औं नगरसभा समापन, विभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित 

  • ३० असार २०८०, शनिबार

९४ करोडको बजेट पारित; खेलाडी, उत्कृष्ट करदाता, स्वास्थ्य स्वयंसेविका र पुर्व कर्मचारीहरु सम्मानित

बेलबारी नगरपालिकाको १३ औं नगरसभा अधिवेशन समापन भएको छ ।
प्रदेशसभाबाट जारी भएको गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन २०७५ को परिच्छेद पाँच दफा (३२) र (३३) मा ब्यवस्था भए बमोजिम असार १० गते शुरु भएको नगरसभा अधिवेशन असार २९ गते अर्थात शुक्रबार समापन भएको हो ।

नगर सभा अधिवेशनमा प्रदेशसभाबाट जारी भएको गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन २०७५ को परिच्छेद पाँच दफा (३२) बमोजिम चालु आ.ब. २०७९ । ०८० को संसोधित आय व्यय विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८०, आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८० तथा आगामी आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित नीति, बजेट तथा कार्यक्रम- विनियोजन विधेयक २०८०, न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन २०८०, बेलवारी नगरपालिका स्वास्थ्य सेवा ऐन २०७९ को संशोधन, संस्था दर्ता ऐन २०७६ र सहकारी दर्ता ऐन २०७५ को पहिलो संसोधन विधेयक २०८०, आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८०, बेलवारी नगरपालिका स्वास्थ्य सेवा ऐन २०७९ को संशोधन, संस्था दर्ता ऐन २०७६ र सहकारी दर्ता ऐन २०७५ को पहिलो संसोधन विधेयक २०८० पारित गरेको छ ।

नगरसभामा राष्ट्रिय खेलकुद परिषद द्वारा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ औ राष्ट्रिय मेलकुद प्रति २०७१ मा NepaliTAND Female Sparting को 51-55 kg तर्फ नेपालमै प्रथम भएकी बेलबारीकी कुसुम राजबंशीलाई नगद ५१ हजारसहित सम्मान गरिएको छ । त्यसैगरी चालु आ.व. २०७९/८० मा बढी कर तिर्ने करदाता रमिते सामुदायिक वनलाई पनि सम्मान गरिएको छ । रमिते बनले नगरपालिकालाइ ४ लाख ४२ हजार रुपैयाँ कर बुझाएको थियो ।
नगरसभा अधिवेशनमै स्वास्थ्य स्वयंसेविकाहरु हरु कमला राउत र मैया खड्कालाई जनही ६० हजार नगदसहित सम्मान गरिएको छ । त्यस्तै नगरपालिकाका पुर्व कर्मचारी कपिल प्रसाद पौडेल तथा पुर्व कार्यालय सहयोगीहरु अम्बर बहादुर बलासपाकी मगर र राम कुमार राजवंशी पनि सम्मानित भएका छन् ।
असार १० गते भएको नगरसभा अधिवेशनको पहिलो बैठकमा नगरपालिकाकी उपमेयर नितु थापाकोइरालाले १ अरब २८ करोड ६२ लाखको बजेट प्रस्तुत गरेकी थिइन् । तर धनपालगढी, अमना सिमसार, र नवनिर्मित नगर अस्पताल लगायतका लागि प्रदेश तथा केन्द्रिय सरकारबाट दिने भनिएको बजेट सुनिश्चित नभएकोले नगरसभा अधिवेशनबाट ९३ करोड ९१ लाख बजेट पारित गरेको बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राइले जानकारी दिइन् । – अम्बिका भण्डारी