रास्वपा बेलबारीको प्रथम अधिवेशन : कुमार खुलालको नेतृत्वमा समिति

  • ८ श्रावण २०८०, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगरको प्रथम अधिवेशनले कुमार खुलाल अध्यक्ष रहेको ११ सदस्यीय नगर समिति गठन गरेको छ ।
अधिवेशनले भलाकाजी खड्कालाई  उपाध्यक्ष,  सुवास श्रेष्ठलाई सचिब र बालकुमारी बिकलाई कोषाध्यक्षमा चयन गरेको छ ।
अधिवेशनले बलु कार्की,अनुजा कटुवाल र जीवन राउतलाई नगरसमिति सदस्य बनाएको छ । एघार सदस्यीय समितिमा समुदाय र भुगोल समेट्नु पर्ने भएकोले चार सदस्य भने आगामी भेलाले चयन गर्ने सचिव श्रेष्ठले बताए । समितिमा एघारमध्ये चारजना अर्थात ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान छ ।

अधिवेशनमा आस्वपा अध्यक्ष रवि लामिछाने, केन्द्रिय सदस्य रमेश प्रसाई, गणेश कार्की लगायतले  सम्बोधन गरेका थिए । बेलबारी नगरका कार्यवहाक सभापति भलाकाजी खडकाको संयोजकत्वमा भएको कार्यक्रममा हजारौं सहभागिता रहेको थियो ।