धनकुटा महोत्सवबाट ५६ लाख आम्दानी, २४ हजार रुपैयाँ मात्रै बचत

  • २३ श्रावण २०८०, मंगलवार

धनकुटा महोत्सवबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी भएकोमा २४ हजार २ सय ५ रुपैयाँ मात्र बचत भएको हिसाब सार्वजनिक भएको छ ।

महोत्सवका क्रममा घाइते भएकाहरुको उपचारमा ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ  खर्चसहित ५६ लाख ४ हजार २५ रुपैया खर्च भएकोले कम नाफा देखिएको हो । महोत्सव संचालनको क्रममा भएको  घट्नामा घाईते भएकाहरुको उपचारमा खर्च भएका कारण धनकुटा महोत्सवमा कम नाफा भएको  धनकुटा उद्योग बाणिज्य संघले सार्वजनिक गरेको आय व्याव बिवरणमा उल्लेख  छ ।

महोत्सव संचालनको लागि प्रस्ताव गरिएको स्थानीय सरकार, विभिन्न सरोकारवाला निकार्यहरु व्यापारिक प्रतिष्ठान, सरकारी कार्यलयहरुबाट सम्झौता भएको सहयोग रकमहरु असार मसान्तमा मात्र आएको र केही स्थानीय सरकार तथा सरोकारवाला निकायहरुबाट सम्झौता भएको रकम अझै सम्म आउन बाकी रहेकोले आय व्याय प्रस्तुत गर्न ढिलाई भएको कार्यक्रम संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुगले बताइन् ।

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रर्दशनी,एभाकाडो एवै पाचौ धनकुटा महोत्सवको आय व्याय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुगले महोत्सवको क्रममा भएको दुखत घट्नामा परी घाईतेहरुको उपचार महोत्सवको संचालनको क्रममा आम्दानी भएको रकम मध्येबाट गरिएको र त्यसमा  ५ लाख २५ हजार २९६ रुपैया खर्च भएको बताइन् । त्यसपछि  २४ हजार २ सय ५ रुपैयाँ मात्र बाकी रहन गएको उनले जानकारी दिइन् । तितुङ्ले भनिन् “उक्त दुदत घट्ना नभएको भए महोत्सवबाट पाच लाख भन्दा बढी नाफा हुन्थ्यो ।”

औद्योगिक व्यापार भेला तथा कृषी प्रर्दशनी,एभाकाडो एवै पाचौ धनकुटा महोत्सव गत माघ ६ गते देखी १६ गते सम्म धनकुटा टुडिखेलमा संचालन भएकोमा माघ १४ गते साझ महोत्सव परिषरमा दर्शकहरुको अत्यधिक भिडका कारण भएको दुखत घट्नामा ३१ जना घाईते भएका थिए । घाइतेहरुको सम्पूर्ण उपचार खर्च धनकुटा उद्योग बाणिज्य संघले व्यवस्था गरेको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले महोत्सव संचालनको क्रमममा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका लगायत विभिन्न निकाय तथा वितिय संस्थाहरुबाट गरी ४ लाख प्राप्त हुन बाकी गरी सहित जम्मा ५६ लाख २८ हजार ४ सय रुपैया आम्दानी भएको र घाईतेहरुको औषधी उपचार सहित महोत्सव संचालनको क्रममा जम्मा खर्च ५६ लाख ४ हजार २५ रुपैया भएको वताए  ।

धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रेवती प्रसाद अधिकारीले महोत्सवले धनकुटाको विकास र समृद्धीको लागी महात्वपूर्ण भूमीका निर्वाह गरेको वताए । कार्यक्रमको संचालन सचिव राम वहादुर रायमाझीले गर्दै महोत्सवमा भएको प्रगती जानकारी गराएका थिए  ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, उज्वल कर्माचार्य, शोभा श्रेष्ठ, अम्विका धमला, रेजिना पलिखे लगायतका कार्यकारी सदस्यहरुले महोत्सव ज्यादै प्रभावकारी भएको वताएका थिए ।