मोरङ ३ बाट निर्वाचित सांसद सुनिल शर्मा पक्राउ, पक्राउको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन

  • २६ श्रावण २०८०, शुक्रबार

सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

डाक्टर पढ्दा प्लस टु को नक्कली सर्टिफिकेट बनाएको आरोपमा उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै सिआइबीले पक्राउ गरेको हो।उनले केही अघि सुन तस्करी प्रकरणमा संसदमै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामा माग्दै अनुसन्धान गर्नुपर्ने बताएका थिए। शर्मा पक्षधर तथा समर्थकहरुले सोही बिषयमा प्रतिसोध साँध्न उनलाई पक्राउ गरेको दाबी गरेका छन् ।

यसैबीच सांसद सुनिल शर्माको सचिवालयले संघीय संसदमा सुन तस्करीको बिषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण प्रतिशोध साध्ने हेतुले संसदको अधिवेसन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी नेपाल प्रहरीको केन्दिय अनुसन्धान ब्यूरो (सिआइबी) ले कुरतापुर्वक पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

माननीय डा. सुनिल कुमार शर्माका स्वकिय सचिव विवेक लिम्बूले बिहीबार नै प्रकाशित गरेको बिज्ञप्तिमा भनिएको छ “जनताको पक्षमा आवाज उठाउदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसीबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउदै प्रजातन्त्रको मर्म बिपरित सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाईकेहरुलाई कारबाहीको माग राख्दै उठाईएको आवाजलाई दवाउने नियतको घोर भर्त्सना गर्दछौ ।”
न्यायालयको कठघरामा उभिएर न्यायिक निरुपण लाई पुर्ण बिश्वास गर्दै न्यायिक छानबिनको लागि सदा सहयोग गर्ने प्रण गर्दै बिज्ञप्तिमा न्यायालयको कठघरामा उभिएर न्यायिक निरुपण लाई पुर्ण बिश्वास गर्दै न्यायिक छानबिनको लागि सदा सहयोग गर्ने प्रण गदछौं भनिएको छ । सोही बिज्ञप्तिमा आम नेपाली जनसमुदायहरुलाई यो सरकारको बर्बर, अमानवीय र गैर प्रजातन्त्रिक गतिविधिको सशक्त प्रतिकार गर्न हुन अनुरोध गरिएको छ ।

शर्मालाई सिआइबीले पक्राउ गरेको बिरोधमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुले बिहीबार साँझ बेलबारीमा बिरोध जुलुस प्रदर्शन गरेका छन् । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरको नोबल मेडिकल कलेजका सञ्चालक हुन्।